• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेशमा बन्यो, सत्ताबाहिरका क्रान्तिकारी तथा देशभक्त शक्तिहरुको मोर्चा, संयोजक बने  दिपक गुरुङ


  •    अभियान हाम्रो / शुक्रबार, चैत ३०, २०८०  

  • पोखरा,  चैत २०८०

    मुलुकमा सत्तालाई केन्द्रित बनाएर विभिन्न खालका गुट-उपगुट र मोर्चा बनिरहेका बेला गण्डकी प्रदेशमा सत्ता बाहिर रहेका क्रान्तिकारी तथा परिवर्तनकारी देशभक्त शक्तिहरुको छुट्टै मोर्चा बनेको छ।

    दिपक गुरुङको संयोजकत्वमा राष्ट्रिय क्रान्तिकारी मोर्चा गण्डकी प्रदेश समिति गठन भएको छ।  उक्त मोर्चामा मोहन बिक्रम सिंह नेतृत्वको नेकपा (मसाल)बाट बिद्रोह गरेर सन्तबहादुर नेपालीको नेतृत्वमा गठित नेकपा (मशाल), आहुति नेतृत्वको बैज्ञानिक समाजवादी मोर्चाबाट बिद्रोह गरेको समूह, नेकपा मार्क्सवादी (पुस्पलाल) र प्रतिरोध जनअधिकार आन्दोलन समितिका प्रतिनिधिहरुको सहभागिता रहेको छ।

    पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्रान्तिकारी मोर्चा गण्डकी प्रदेश समिति संयोजक दिपक गुरुङले “अहिले नेपाली जनतामा उत्पन्न चरम निराशालाई चिर्न तथा नेपाली जनताको स्वाभिमानी राष्ट्रिय आन्दोलनलाई सहि दिशामा गति दिन र राष्ट्रिय स्वाधिनता, जनअधिकार,नागरिक स्वतन्त्रता र जनजिबिका समस्या हल गर्नका लागि संसदमा भएको तर गठबन्धन वा सरकारमा सामेल नभएका,यत्रतत्र छरिएर रहेका पार्टी,क्रान्तिकारी,बामपन्थी ,देशभक्त, जनबादी शक्ति,मोर्चा वा राष्ट्रवादी ब्याक्तिहरुलाई एक ठाउमा गोलबन्द गर्न मोर्चा गठन गरिएको” जानकारी दिए।

    नेकपा (मशाल) कास्कीका सेक्रेटरी बिक्रम थापा मगरले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा राज्यले अन्याय गरेमा आबश्यकता अनुसार आफूहरु राज्यविरुद्ध प्रतिबाद गर्नेसम्मको तयारीमा रहेको जिकिर गरे।  हाललाई भने राज्यले देश र जनताकाबिरुद्ध गर्ने जनघाती तथा जनविरोधी गतिविधिको सशक्त रुपमा मोर्चाले सचेततापूर्वक खबरदारी गर्ने पनि उनले स्पस्ट पारे।

    नेकपा (मशाल)का अर्का नेता आकाश गौतमले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा राज्यविरुद्ध संघर्ष गर्ने क्रममा आफूहरु सांगठानिक बिस्तारको क्रममा रहेको जिकिर गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.