• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आर्वामा दोस्रो नवदुर्गा कप भलिवल प्रतियोगिता शुरू


  •    अभियान हाम्रो/ शुक्रबार, चैत ३०, २०८०  

  • पोखरा ,चैत
    पोखरा महानगरपालिका वडान १३ आर्वा स्थित नवदुर्गा युवा क्लवको आयोजनामा बिहिवार देखि दोस्रो “नवदुर्गा कप भलिवल प्रतियोगिता २०८० ” शुरू भएको छ ।
    प्रतियोगिता बिहिवार शुक्रवार र शनिवार तीन दिन  सञ्चालन हुनेछ । १६ वटा टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको विजेताले नगद ३५ हजार तथा उपविजेताले २० हजार नगद शिल्ड ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । तेस्तै प्रतियोगितामा उत्कृष्ट स्पाईकर, वेष्ट बलकर र वेष्ट डिफेन्डरले नगद एक एक हजार एवं मेडल, शिल्ड तथा प्रमाणपत्र पाउनेछन् ।
    ” युवाका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुद”भन्ने मुल नाराका साथ शुरू प्रतियोगिताको उद्‌घाटन गर्दै समाजसेवी दिपक गुरुङ (माईला) ले  पोखरा महानगरपालिका भित्रै रहेको आर्वा गाउँमा सुविधा सम्पन्न खेलकुद का कुनैपनि संरचना निर्माण हुन नसक्नु दुर्भाग्य रहेको बताए । उनले आफ्नो निजि खर्चमा खेलकुदको विकाशका लागि सक्दो सहयोग गर्दै जाने आश्वासन दिए। ‘ मैले आर्वामा युवाहरुले आयोजना गर्ने हरेक खेलकुदका प्रतियोगितामा सहयोग पनि गरेको छु भन्दै समाजसेवी गुरुङले आगामी दिनमा पनि सहयोग गर्दै जाने वचन दिए।
    रतनपाण्डे मावि आर्वाको खेल मैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन सत्रमा विशेष अतिथिको रुपमा बोल्दै वडान १३ का वडा अध्यक्ष किरण बरालले तेस्रो नवदुर्गा कप भलिवल प्रतियोगिताको मुख्य प्रायोजक वडा कार्यालय रहने भन्दै अर्को वर्षको प्रतियोगिता नवदुर्गा युवा क्लवको आफ्नै खेलमैदान मा गराउने प्रतिवद्धता जनाए । उनले वडाका साविक आर्वा विजयमा खेलकुदका स्तरीय तथा सुविधायुक्त खेलमैदान को अभाव रहेको स्वीकार गर्दै ,आफ्नो कार्यकाल भित्रै  केही स्थानमा खेल मैदान निर्माण गरिछाड्ने दावी गरे।
    आयोजक नवदुर्गा युवा क्लबका अध्यक्ष मनोज बरालले युवाशक्तीलाई खेलकुद प्रति आकर्षण गराउने , समग्र आर्वाको परिचय सहित आर्वाको प्रशिद्ध महाप्रभुधामलाई प्रमुख धार्मिक तथा पर्यटकीय गन्तब्यका रूपमा परिचित गराउन प्रतियोगिता को आयोजना गरिएको जानकारी दिए।
    कार्यक्रममा वडा नं १३ का वडा सदस्य द्वय सचित तामाङ , बलबहादुर बराल, खेलकुद संयोजक सन्त बहादुर थापा,  स्थानीय सरास्वती अधिकारी देवकोटा,  दोजराज बराल लगायतले खेलकुदका  विविध पक्षबारे बोलेका  थिए। कार्यक्रममा चर्चित लोकदोहोरी गायक अमर धिताल तथा बाल गायक प्रिन्स लम्सालले विभिन्न लोकदोहोरी गित प्रस्तुत गरेका थिए।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.