• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा म्याराथनको विजेता धावकलाई युकेको म्याराथनमा सहभागिता गराइने


  •    संवाददाता/ आइतबार, माघ २३, २०७८  

  • पोखरा ,

    पोखरा संगै युकेमा समेत १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक समेत उत्तिकै बढ्दै गएको छ भने विजेता धावकहरुले समेत नयाँ अवसर पाउने भएका छन् ।

     

    पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले संयोजनको भूमिका खेलिरहेको मात्रै छैन पोखरा म्याराथनमा विजेता नेपाली धावकलाई युकेमा आयोजना हुने म्याराथनमा सहभागिता गराउने भएको छ । दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो ।

     

    कोभिडका कारण स्थगित हुन पुगेको आफ्नो घोषणालाई पुनः निरन्तरता दिने भएको पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङले बताएका छन् । “पोखरा म्याराथनको आफ्नै विशेषता मात्रै नभई यसले अन्तर्राष्ट्रिय रुपमा नै चर्चा पाउँदै गएको छ”, उनले भने,“हामी पोखरा म्याराथनको विजेता नेपाली धावकलाई युकेमा ल्याउन आतुर छौं ।” पोखरेली मञ्च युकेले यहि नेपाली नयाँ वर्षबाट ‘नेपाल रन’ समेत आयोजना गर्ने तयारी गरिरहेको बताउँदै अध्यक्ष गुरुङले यो वर्ष नेपाल रनमा सम्भव नभए युकेमा आयोजना हुने कुनै पनि म्याराथनमा सहभागि गराउन पहल गर्ने बताए ।

     

    पोखरा म्याराथन संगै नेपाल रन सफल बनाउन मञ्चले हालै युकेमा ‘च्यारिटी डिनर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाउँदै अध्यक्ष गुरुङले १६ औं संस्करणको पोखरा म्याराथनमा केही विशिष्ट व्यक्तिहरु पोखरा आउने तयारी गरिरहेको बताउँदै भने–“हामी नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराएर उनीहरुलाई थप हौसला बढाउन चाहन्छौ.।”

     

    पोखरेली मञ्च युकेले पोखरा म्याराथन र नेपाल रन सफल बनाउन गैर आवाशिय नेपाली संघकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई संयोजक तोकेको छ । खेलकुद मार्फत पर्यटन र खेलकुद बिकासका लागि पोखरेली मञ्चले आर्थिक मात्रै सहयोग गरिरहेको छ भने युके लगायत विश्वका विदेशी र नेपालीहरुलाई पोखरा म्यारथनमा सहभागिता गराउन अहम भूमिका खेलिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.