• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु सबैको कर्तव्यः अध्यक्ष केसी


  •    / बुधबार, चैत २८, २०८०  

  • पोखरा,चैत

    कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए ।

    ‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं, अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०÷११ मा पर्ने घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र हो । त्यसैले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो ।’अध्यक्ष केसीले आफ्नो कार्यकालमा घान्द्रुक आउने सडक कालोपत्र गर्ने बताउँदै घान्द्रुकमा पर्यटकको बसाई लम्बाउने विषयमा केन्द्रित हुनुपर्ने बताए ।

    ‘हाम्रो कार्यकाल भित्र घान्द्रुकसम्म आउने सडक कालोपत्र गर्छौ । सडक कालोपत्र भएपछि पोखराबाट केही घण्टामै पर्यटक घान्द्रुक आउन सक्छन्, अध्यक्ष केसीले भने, ‘घान्द्रुक आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्बाउन स्थानीय सरकार, व्यवसायी र स्थानीयहरु त्यस विषयमा केन्द्रित हुनुपर्छ ।’यस्तै अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक पर्यटकका लागि स्थापित भइसकेकाले चुनौतीसमेत थपिदै गएको बताए ।

    ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि स्थापित भइसकेको छ । हिजोको घान्द्रुक र आजको घान्द्रुकमा परिवर्तन भएको छ, वडाध्यक्ष गुरुङले भने, ‘पर्यटकहरुका लागि स्थापित भइसकेको घान्द्रुकलाई जिवन्त राख्न घान्द्रुकको मौलिकता जोगाई राख्न सबैले हातेमालो गर्न आवश्यक छ ।’

    उनले घान्द्रुकको ढुङ्गेली गाउँको संरक्षण गर्दै पर्यटकको बसाई लम्बाउन नयाँनयाँ कार्यक्रम र योजना अगाडि बढाउन आवश्यक रहेको धारणा राखे ।कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरत गुरुङ, तमु प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए । घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षता भएको उद्घाटन समारोहलाई लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।

    बास्केटबल प्रतियोगितामा दाङको विजयी सुरुवात महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा दाङले विजयी सुरुवात गरेको छ । दाङले घान्द्रुकलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै आर्मी र टाइम्सबीच भएको खेल भने वर्षाका कारण स्थगित भएको छ ।

    महोत्सवका संयोजक अमृत लामा गुरुङका अनुसार उक्त खेल भोलि हुनेछ । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ कुल १२ टिमको सहभागिता रहेको छ ।
    यस्तै बधबारदेखि नै भलिबल प्रतियोगितापनि सुरु हुनेछ ।

    क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
    ­पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

    यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
    यस्तै ठेलो प्रतियोगितातफै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ ।

    सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार सो महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्नेछन् । महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिएको छ ।

    कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आज चैत्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिएको अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ ।

    घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.