• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

न्यायिक समिति ओझिलो जिम्मेवारी हो,सफल बनाऔँ


  •    अभियान हाम्रो डट कम / बुधबार, चैत २८, २०८०  

  • पोखरा, चैत

    स्थानीय तहमा गठन भएका न्यायिक समिति नयाँ अभ्यास भएका कारण यसलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले मंगलबार आयोजना गरेको “एकदिवसीय न्यायिक समिति कानुुनी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा” कास्कीका पाँच, फेदिखोला नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक तथा सदस्यहरुले न्यायिक समितिलाई प्रभावकारी र विश्वसनीय बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

    कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले न्यायिक समिति संवैधानिक ब्यवस्था भएकाले यसलाई सफल बनाउन उपप्रमुखहरुको प्राथमिकता न्यायिक समिति हुुनुपर्ने बताउनुुभयो । “न्यायिक समिति नेपालको सन्र्दभमा नयाँ अभ्यास हो यसलाई हामीले सफल बनाउनुपर्छ र प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।”

    उहाँले निर्वाचन अघि जुुनसुुकै पार्टीबाट उम्मेदवार बनेपनि जितेर आएपछि साझा ब्यक्ति भएकाले नागरिकले न्यायको अनुुभुति गर्ने गरी निष्पक्ष भएर काम गर्नसके मात्रै सफल हुन्छौँ भन्नुुभयो ।न्याय दिने कुरामा पार्टीको दबाब, नाताबाद र आफन्त नहेरी काम गरे संविधानले परिकल्पना गरे अनुसार सफल हुुन्छौ उहाँले भन्नुुभयो, “हामी कानुुनी पृष्ठभुमिबाट नआएपनि अध्ययन गर्ने र कानुनका विज्ञसंग परामर्श लिएर अगाडी बढे समस्या हुदैन् । त्यसैले न्यायिक समितिलाई सफल बनाउने जिम्मेवारी हाम्रो हो ।”

    फेदिखोला गाँउपालिकाका उपाध्यक्ष देउकुमारी गुुरुङले न्यायिक समितिको जिम्मेवारी ओझिलो रहेको बताउर्दै यो महत्वपुर्ण छ भन्नुभयो । “यो ओझिलो छ । यसले महत्व राख्छ संघियता कार्यान्वयन र न्यायिक समितिलाई संस्थागत गर्न भुमिका खेल्छ।”उहाँले पोखरा महानगरले कार्यक्रम आयोजना गरेर सिक्ने अवसर पाएको बताउनुुभयो । उहाँले आफनो पालिकामा भएका कामको बारेमा भन्ने र अन्य पालिकाकाबाट सिक्ने अवर पाएको बताउनुभयो ।

    अन्नपुर्ण गाँउपालिका उपाध्यक्ष चन्दकला अधिकारीले न्यायिक समितिहरुले गरिरहेका कार्य, समस्या र चुुनौतीबारे कार्यक्रम आयोजना अनुभव साटने र सुनाउने अवसर महानगरले पदान गरेको बताउनुभयो । उहाँले दक्ष कर्मचारीको अभावका कारण केही असहज भएको बताउर्दै यसलाई सफल बनाउन सबैले जिम्मेवारी निर्वाह गर्नुुपर्नेमा जोड दिनुभयो ।

    मादी गाँउपालिका उपाध्यक्ष कल्पना गुरुङले न्यायिक समितिले सम्पादन गरेका कार्यहरुका बारेमा जानकारी गराउर्दै नयाँ अभ्यास भएकाले सफल बनाउन दक्ष कर्मचारीको आवश्यकता रहेको उल्लेख गर्नुभयो । माछापुच्छे« गाँउपालिका उपाध्यक्ष सीता अधिकारीले समयमा म्याद पठाउन नसक्नु र न्यायिक समितिमा कर्मचारीको अभाव रहेको बताउनुभयो । माछापुच्छ«ले न्यायिक समितिको अधिकार क्षेत्र लगायतका विषयमा नागरिकलाई जानकारी गराउन कार्यक्रम संचालन गरिहेको बताउनुभयो ।

    कार्यक्रममा अधिबक्ता गिरीधारी सुवेदीले न्यायिक समितिको संरचनात्मक व्यवस्था कार्यविधि, न्यायिक अधिकारको प्रयोगबाट सिर्जना हुने अवसरहरु, न्यायिक समितिको अवसर र चुुनौती, स्थानीय तहका न्यायिक अधिकारहरु, स्थानीय न्यायिक समिति र अधिकारहरु कार्यान्वयनका जटिलताका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा पोखरा महानगरपालिका, रुपा,माछापुच्छे«,अन्नपूर्ण र फेदिखोला गाँउपालिकाकाले न्यायिक समितिमा परेका उजुरीको संख्या, पछ्यौटको अवस्था तथा अवसर र चुुनौतीका बारेमा पस्तुत गरेका थिए । कार्यक्रममा स्वागत गर्दै पोखरा महानगरपालिका न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिमा आउने समस्याको पहिचान, समस्याको समाधान गर्ने उद्देश्यले कार्यक्रम  आयोजना गरिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.