गण्डकी प्रदेश सरकार मातहत रहेको वागवानी विकास स्रोत केन्द्रले आगामी केही वर्षमा गण्डकी प्रदेशलाई फुल र फलफुलमा आत्मनिर्भर बनाउने दावी गरेको छ ।

केन्द्रका प्रमुख तथा वरिष्ठ वागवानी विकास अधिकृत गोविन्दराज कोईरालाले सरकारले उपयुक्त नीति बनाईदिएमा आगामी पाँच वर्ष भित्रमा फुल र फलफुलमा प्रदेशलाई आत्मनिर्भर बनाउने दावी गरेका छन् । कोईरालाले उपयुक्त नीति र जनशक्तिको अभावले अहिले सोचेजस्तो प्रगति हुन नसकेको बताए । ‘केन्द्रमा हामी अहिले ११ जना कर्मचारी छौं, नियमित कार्यक्रम अन्तरगत माग गरेका छ जना कर्मचारीमा चार जना मात्रै छन् ।’

कोईरालाले भने, ‘हामीलाई १५ जना कर्मचारीको आवश्यकता छ ।’ कर्मचारीको अभावका बिच केन्द्रले १८ जनालाई नर्सरी निरक्षक तालिम प्रदान गरी लाईसेन्स पनि प्रदान गरिसकिएको कोईरालाले जानकारी दिए । केन्द्रबाट उत्पानद भएका फलफुल र फुलका विरुवा गण्डकी प्रदेशको मध्यपहाडी र तराईका ९ वटा जिल्लामा विक्रि वितरण भईरहेका छन् । प्रत्येक जिल्लाका कृषि ज्ञान केन्द्र मार्फत किसानहरुलाई फुल र फलफुलका विरुवा उपलब्ध गराईंदै आईएको छ । केन्द्रले विषेश गरी विउ उत्पादन र बेर्ना वितरणमा जोड दिंदै आएको छ । अहिले केन्द्रको करिब १ सय रोपनी क्षेत्रफल जग्गामा कागती एभोकाडो, सिउँडीफल, स्याउ लगायतका फलफुल लगाईएको छ ।

भने, करिब दुई रोपनी क्षेत्रफलमा सुर्यमुखी फुलको खेती गरिएको छ । यसैगरी मालेपाटन–१ जातको बोडीको विउ उत्पादन पनि थालिएको छ । यि सबै खेतीबाट विउ र विरुवा उत्पादन गरिने कोईरालाको भनाई छ । उनले अहिले पनि फलफुलमा भारतीय उत्पादनको भर पर्नुपरेको स्विकार गरे । तिहारको बेलामा बजार माग धान्न सक्ने फुल भएपछि तिहार पछि भने भारतीय फुलकै भर पर्नु परेको छ । कोईरालाका अनुसार भण्डारणको उचित व्यवस्थापन नहुँदा फुलको स्थानीय उत्पादन खेर गईरहेको छ । पोखराका निजी नर्सरीहरुबाट पनि फुलको माग पुरा हुन नसकेको कोईरालाले बताए । पोखरामा करिब ६० वटा निजी नर्सरी रहेका छन् ।
फुल खेती गर्ने किसानलाई पोखरा महानगरपालिकाले पनि प्रति माला २० रुपैंया अनुदान दिँदै आएको छ । गत तिहारमा पोखरामा करिब ३ लाख भारतीय माला आयात भएको तथ्यांक छ । नेपालका किसानहरुले व्यवसायिक फुल खेती थालेपछि भारतीय मालाको आयातमा कमी आएको र बजार मुल्य पनि सस्तो भएको कोईरालाले जानकारी दिए ।








