• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुरुषमा राजेश र महिलामा वर्षालाई उपाधि


  •    अभियान हाम्रो डट कम / सोमबार, चैत २६, २०८०  

  • पोखरा, चैत

    पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ ।

    पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा केसी तेस्रो भए । पुरुष र महिलातर्फ प्रथमले जनही १ लाख ५० हजार प्राप्त गरे । पुरुषमा दोस्रो र तेस्रोले क्रमशः १ लाख र ५० प्राप्त गरे ।

    ओपन मास्टर्सतर्फको उपाधि राज शाहीले जिते । दोस्रो विकास श्रेष्ठ र तेस्रो अजीत बराल भए । मास्टर्सतर्फ भाग लिएका सातै जना तथा पुरुष र महिलातर्फ पाँचौसम्मलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । विजयीलाई प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना लगायतले पुरस्कृत गरिन् ।

    प्रतियोगितामा कुल ५६ खेलाडीले भाग लिएका थिए । पहिलो दिन पुरुषतर्फ २५ राइडर छनोट भइ फाइनल भिडेका हुन् । महिला र मास्टर्सतर्फ ७÷७ जना राइडरलाई फाइनल खेलाइएको थियो । अन्तर्राष्ट्रिय खेलकुद दिवस अवसरमा भएको प्रतियोगितामा वनजंगल, खोलानाला, बाँसघारी, गोरेटो बाटो, बगर, बालुवा उडाउने गुडाउने सबैखालको मिश्रित करिब ५ किमीको ट्रयाक निर्माण गरिएको थियो । आयोजक संस्थाका निर्देशक जगत धौलीले सबैको साथ र सहयोगले पहिलो पल्ट आयोजित प्रतियोगिता सफल भएको र आगामी वर्ष पनि निरन्तरता दिने बताए ।

    साहसिक उक्त प्रतियोगिता हेर्न विदेशीसहित करिब ७ हजार दर्शक वाम्दी ओइरिएका थिए । उपसभामुखले यस्ताखालका साहसिक खेलले नेपाललाई विश्वसामु चिनाउन धेरै मद्दत गर्ने बताइन् । नेपाल अटो मोबाइलस एसोसिएसन (नासा), अन्तर्राष्ट्रिय नियामक संस्था फिम, प्रदेश खेलकुद परिषद् गण्डकीमा अनुबन्धित उक्त पोखरा क्षेत्रमा पहिलो हो । विश्वकपमा खेलाइने डर्ट बाइक इन्डूरोलाई पोखरा राइडर्स क्लबले नेपालमै पहिलोपल्ट भित्राएको क्लब अध्यक्ष सोनिक क्षेत्रीले बताए ।

    आउटडोर स्पोर्ट्सले भर्खरै पर्यटनको राजधानी घोषित पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल एसोसिएसन गण्डकी अध्यक्ष शिव श्रेष्ठले बताए । नेपाल अटोमोबाइल्स एसोसिएसन उपाध्यक्ष अनिल के. बरालले खेलाडीलाई अनुशासनको सपथ ग्रहण गराई सुरुआत गराएका थिए । विभिन्न संघसंस्थाले सहयोग गरेको प्रतियोगिताको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो । सो अवसरमा एटिभी डेमोस्ट्रेसन रेस भएको थियो ।

    यस वर्ष खुलेको पोखरा राइडर्स क्लब साइक्लिष्टहरुको संस्था हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.