स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको पदस्थापन चैत २५ गते आइतबार मादी गाउँपालिका वडा नं. ५ स्थित ठूलास्वारा सामुदायिक होमस्टेमा हुने भएको छ । संघको नयाँ कार्यसमिति चयन भएको ठीक एक महिनामा पदस्थापन हुन लागेको हो ।
सो पदस्थापन कार्यक्रममा मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ प्रमुख अतिथिको रुपमा सहभागी हुने संघका नवनिर्वाचित अध्यक्ष कृष्ण रानाभाट सारथिले जानकारी दिए । सो पदस्थापन कार्यक्रमसँगै ‘ग्रामीण पर्यटन प्रवर्द्धनमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया हुने रजनी तामाङले जानकारी दिइन् ।
गत फागुन २४ गते सम्पन्न स्वतन्त्र पत्रकार संघको छैठौं अधिवेशनले नवनिर्वाचित अध्यक्ष कृष्ण रानाभाट सारथिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
संघको उपाध्यक्षमा डिल्लीराम काफ्ले, सचिवमा रजनी तामाङ, सहसचिवमा शिशिर पौडेल र कोषाध्यक्षमा राधा ढकाल छन् । यस्तै सदस्यमा गणेश बज्र लामा, मदनराज जैसी, नवीन केसी र अल्चना श्रेष्ठ छन् ।








