• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस : यू–८ गर्ल्सतर्फ अमेरा च्याम्पियन, अन्य खेल जारी


  •    अभियान हाम्रो / शनिबार, चैत २४, २०८०  

  • पोखरा

    तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस यू–८ गर्ल्स सिंगल्समा अमेरा गुप्ता च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा अमेराले श्रेयाश्री पाण्डेलाई सुपर टाइव्रेकमा १०–३, १०–४ ले पराजित गरेकी हुन् ।

    जारी प्रतियोगितामा यू–१६ व्वाइज सिंगल्स ओपनतर्फ फाइनलमा दर्शिल र सृजन भट्टराई फाइनलमा आमने सामने हुनेछन् । सम्पन्न सेमीफाइनलमा दर्शिलले अमन नेपालीलाई ६–०, ६–१ ले र सृजनले शास्वत बज्रचार्यलाई ७–६, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । यता गर्ल्सतर्फ सुनिरा थापाले आयशा म्याक्ग्लानलाई ६–०, ६–० को सोझो सेटमा तथा दिव्यता भण्डारीले आरुषी तुलाचनलाई ६–२, ६–० ले पारजित गरी फाइनलमा स्थान पक्का गरे ।

    यू–१० गर्ल्स सिंगल्समा सारा पन्त र जिवाश्री भट्टराई फाइनलमा प्रवेश गरेका छन् । आज भएको सेमीफाइनलमा साराले नैरा छोदेन गुरुङलाई ६–०, ६–० ले र जीवाश्रीले ताभिसी रानालाई ६–४, ६–३ ले हराएका थिए । त्यस्तै ब्वाइजतर्फ अर्याशराज पौडेल र निश्चल ज्ञवालीले फाइनलमा स्थान बनाए । अर्याशले सेमीफाइनलमा सभ्यजङ्ग कार्कीलाई ७–६, ६–२ ले र निश्चलले वेदान्त चालिसेलाई ६–१, ६–४ ले पराजित गरे ।

    जारी प्रतियोगितामा यू–१२ गर्ल्स सिंगल्समा सारा पन्तले ऐरा खत्रीलाई ६–०, ६–० ले र अनुश्री धोजुले जिवाश्री भट्टराईलाई ६–०, ६–१ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । यू–१२ ब्वाइज सिंगल्समा अर्याशराज पौडेलले सभ्याजङ्ग कार्कीलाई ६–०, ६–१ ले हराउँदै फाइनलमा पुगे । त्यस्तै यू–१४ ब्वाइज सिंगल्समा डोजेन गुरुङले प्रतिद्वन्दी अड्रिन थापालाई संघर्षपूर्ण खेलमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरे । उनले २–६, ७–६, (१०–७) ले सुपरटाई ब्रेकमा खेल आफ्नो पक्षमा पार्दै सेमीफाइनल यात्रा तय गरेका हुन् ।

    त्यस्तै सोही उमेर समुहको एक अर्को खेलमा प्रफुल्ल श्रेष्ठले युवेनमान श्रेष्ठलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् भने सन्दिप विकले रनिश श्रेष्ठलाई ६–० र ६–२ ले तथा स्पन्दन उदासले सन्दिप जीशीलाई ६–२, ६–१ ले पराजित गरी अन्तिम चारको यात्रा तय गरे । प्रतियोगिता अन्तर्गत सम्पन्न गर्ल्स ओपन डबल्सतर्फ शाल्भी र आरुषीको जोडी तथा सरिशा र गृष्माको जोडी फाइनलमा भिड्ने पक्का भएको छ । शाल्भी र आरुषीको जोडीले आर्शिया र स्वाराको जोडीलाई ६–०, ६–१ ले र सरिशा र गृष्माको जोडीले आहना र आएशालाई ६–२, ६–० ले पराजित गरेका थिए ।

    यू–९ ब्वाइज सिंगल्समा अनमोल श्रेष्ठ र जिवाश विक्रम भट्टराई वाक ओभर पाउँदै सेमीफाइनलमा प्रवेश गरेका छन् भने ब्वाइजतर्फ इभान भट्टराईले सोनाम छिरिङ शेर्पालाई ४–०, ४–० ले पराजित गरी फाइनलमा पुगे । यता यू–९ गर्ल्स सिंगल्सतर्फ नायरा छोदेन घलेले समृद्धि खत्रीलाई ४–१, ४–१ ले ताभिसी रानाले जियोभानी केसीलाई ४–२, ४–१ ले पराजित गरी फाइनल यात्रा तय गरे । शनिबार हुने प्रतियोगितामा ६ वटा फाइनल तथा विभिन्न उमेर समुहका ११ वटा सेमीफाइनल खेल सञ्चालन हुने आयोजक कास्की टेनिसले जनाएको छ ।

    प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् । यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.