• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रदेश प्रमुख शर्मा र नगर प्रमुख आचार्य बिच भेतवार्ता


  •    अभियान हाम्रो / शनिबार, चैत २४, २०८०  

  • पोखरा, चैत्र

    बाग्मति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच भेतवार्ता भएको छ । भेतवार्ताका क्रममा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्न सफल भएको भन्दै प्रमुख आचार्य लगायत सम्पूर्ण पोखरेलीहरुलाई प्रदेश प्रमुख शर्माले बधाई ज्ञापन गर्नुभयो ।

    आफुहरुको लामो समयको निरन्तर प्रयत्न पछि पोखरेलीहरुको चाहाना र भावना अनुसार पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको प्रमुख आचार्यले सुनाउनुभयो । यस क्षेत्रमा हुने असंख्य पर्यटन गतिविधिहरुले पोखरा पर्यटनलाई चलायमान बनाउन र संसार भरीका पर्यटकहरुलाई पोखरासम्म ल्याइपुर्याउनका महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो ।

    पोखराका सुन्दर तालहरु र हिमालय श्रृखलाको सम्बन्ध विश्व मै उत्कृतष्ट रहेको भन्दै प्रदेश प्रमुख शर्माले यसलाई बाग्मति प्रदेशको पर्यटनसँग जोड्दै लैजानु पर्ने बताउनुभयो । दिगो पर्यटन विकास आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण हुने उहाँले बताउनुभयो । आफु मुस्ताङसम्मको यात्राको क्रममा रहेको बताउँदै उहाँले पोखरालाई केवल एक उपत्यकाको रुपमा मात्र लिन नहुने बताउनुभयो । पोखरासँग समग्र गण्डकी प्रदेश कै जनजिवन जोडिएको उहाँले बताउनुभयो ।

    नगर प्रमुख आचार्यले आफुहरु वृहत्तर पोखराको अवधारणामा सञ्चालित विकासका गतिविधिहरुमा आवश्यक समन्वय गर्दै महानगर क्षेत्रमा पर्यटन पुर्वाधारहरु निर्माणको क्रम तिव्र पारिएको बताउनुभयो । महानगरको समग्र विकासका लागि प्रदेश तथा केन्द्र सरकारसंग आवश्यक समन्वय गर्दै पर्यटन सहित मानव संसाधन, शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा पनि आफुहरु निरन्तर लागिरहेको बताउनुभयो । पोखराको पहिचानसँग जोडिएका प्राचिन तथा लोपोन्मुख संस्कृतिहरुको संरक्षण, जर्गेना र प्रवद्र्धनमा महानगर प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

    भेतवार्ताका क्रममा उहाँहरुका बिच अनुभव आदान प्रदान सहित समसामयिक राजनीतिक विषयमा समेत भलाकुसारी भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.