• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१९ औं संस्करणको फेवा नव बर्ष फेवा महोत्सवको तयारी अन्तिम चरणमा


  •    अभियान हाम्रो / शनिबार, चैत २४, २०८०  

  • पोखरा,चैत

    नेपाली नयाँ बर्षका अवसरमा पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवका अवसरमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको छ । तीन दिने महोत्सव यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म तीन दिन संचालन हुने छ ।

    होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानाहरुलाई समावेश गरिने उनले बताए ।

    महोत्सवले स्थानीय खानाको अन्तराष्ट्रिय बजारिकरणमा समेत सहयोग पुग्ने महासचिव ढकालको बुझाई छ । फेवा नव बर्ष महोत्सव ड्यामसाइडचोकदेखी खहरेचोकसम्म (३.५ कि.मि.) क्षेत्रमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित संचालन  हुनेछ ।

    होटल संघ पोखरा नेपालले आयोजना गर्ने फेवा नव बर्ष महोत्सवको तयारी समेत अन्तिम चरणमा पुगेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । यसैविच संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी काठमाडौंवासी र अन्य नेपालीलाई समेत महोत्सवमा सहभागिताका लागि निम्ता प्रदान गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै होटल संघ नेपाल केन्द्रका अध्यक्ष विनायक शाहले महोत्सवले पोखराको पर्यटनलाई चलायमान बनाउन सहयोग पु्र्याउने विश्वास व्यक्त गरे ।

    पत्रकार सम्मेलनमा संघ केन्द्रका महासचिव साजन शाक्य, संघका केन्द्रिय सदस्य भरतराज पराजुली, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन होटल संघ पोखरा नेपालका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.