ट्रान्स हिमालय एड्भेन्चर अन्तर्गत चैत्र २१मा मुक्तिनाथ नजिकै सेल्फी डाँडामा ३०५० मिटरमा
मोटोखाना रेस सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनमा आवद्ध क्लवहरुमा यो
सम्भवतः सबैभन्दा उच्चाईमा भएको अफिसियल रेस हो ।
ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली
बुधबार मुस्ताङको मुक्तिनाथ पुगेको छ । गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली
पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका हुन्। मुक्तिनाथ नजिकै सेल्फी डाँडामा राइडरहरुका बिच ट्रेल बाइक रेस प्रतियोगिता समेत आयोजना गरियो । यसैगरी सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत
आयोजना गरिएको छ ।
करिव ३ हजार मिटर उचाईमा भएको सो प्रतियोगिताका विजेताहरुलाई पोखरामा आयोजना हुने
कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल,
गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सचिव आशिष
रौनियारबाट पुरस्कृत गरिने छ ।
अब राइडरहरु फेरि जोमसोम, बेनी, कुश्मा हुँदै पोखरा फर्किने छन्। पोखरामा आयोजना हुने मोटो
इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समय देखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्य
हासिल गर्न सघाउ पु¥याउने छ ।
सो राइडिङमा काठमाडौंबाट आएका राइडरका साथै केही राइडर पोखराबाट समेत थप भएका थिए ।
यसमा भारतबाट समेत केही राइडर सहभागी भएका छन्। राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी भएका छन्र विजेताहरुलाई पुरस्कृत
गरिने बताइएको छ ।
माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका
साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन
सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ ।
राष्ट्रिय खेलकद परिषद्र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (ँक्ष्ः) को सहयोग तथा गण्डकी
अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।








