५० वर्षीय शिक्षक मोहनकुमार बगाले थापा मगरले कमल गाउँपालिका-५ का १७ वर्षीया बालिकालाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
सोही स्थानको मङ्गलमय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्र निर्जला बाँस्कोटालाई विद्यालयका प्रधानाध्यापक मगरले सामाजिक सञ्जाल ‘फेसबुक’ मा कमेण्ट लेखेको आरोपमा खानेपानीको पाइपले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटबाट पीडितअको गोडामा निलडामसहितको चोट लागेको बालिकाका ४० वर्षीय बाबु नवराज बाँस्कोटाले बताउनु भयो । विद्यालयले चैत २० गते फोन गरी बोलाएर कागजपत्रमा हस्ताक्षर लगाएर छोरी जिम्मा लगाएको बालिकाका बाबुले बताउनु भयो ।
कुटपिट घटनाका आरोपितविरूद्ध पीडित पक्षले चैत २१ गते इलाका प्रहरी कार्यालय, दमकमा उजुरी दिएको छ ।








