काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली मुस्ताङ सम्म पुग्नका लागि प्रस्थान गरेको छ ।
बाइकरहरुको र्याली सात दोबाटोस्थित राष्ट्रिय खलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको हो ।
सो र्याली पोखराको सराङकोट आइपुगेको छ भने आज कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाई पोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठ, राखेप पूर्व सदस्य सम्पन्न श्रेष्ठ र पोखरा महानगर खेलकुद परिषद अध्यक्ष दिपक गोदारले स्वागत गर्नेछन् ।
जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना हुन लागेको हो ।








