इलामले माओवादी पार्टी नै अग्निपरिक्षामा राखिदियो।
यतिबेला उपनिर्वाचनको व्यापक रौनक छ, चोकचोकमा तेरो मेरो , यसलाइ उसलाइ , फलानो राम्रो , फल्ना भस्ट्रचारी भन्दै सुर्का सुर्की चियागफ सुरु भैसकेको छ,
त्यहाका स्थानीय जनता एमालेको पहिचान बिरोधि हर्कतहरुबाट हार खाइसकेका छन, नया भन्नेहरुको कुनै ग्यारेन्टी छैन, पद पाए भैसिलाइ गाई, भन्न पछि पर्दैनन, सबै जातजाति,भासा,पहिचानको लडाइ लड्ने माओबादीमा उम्मेदवार छैनन।
मुख्य रोचक त के छ भने जनताले यसपाली माओबादिको पहिचान प्रतिको बिचार र सिङ्गो माओबादी पार्टी भित्र सर्बहारा अधिनायकत्व कति बचेको रहेछ भनेर अग्नि परिक्षा लिदैछन इलामेली जनताले।
हिजोको पार्टीको पहिचान आन्दोलन र आज जनताको पहिचान आन्दोलन बाट को पछि हट्ने ! कस्ले आत्मसमर्पण गर्ने भन्ने एउटा ऐतिहासिक लडाइ पनि हो।
यतिबेला माओवादी पार्टी ले कस्तो बाटो पक्रन्छ त्यसले पुरै सिङ्गो आन्दोलन लाई अवसरबादी कित्तामा उभ्याउने कि क्रान्तिकारी धारमा त्यो चुनौती सगै अवसर पनि हो।
माओबादी पार्टी लाई यतिबेला एकातिर सत्ता र गठबंधन जोगाउनु छ भने अर्को तिर पहिचान ।पहिचान बिरोधी एमालेलाइ भोट दिउ भने पहिचान पक्षधार चिडिने, पार्टी नै अवसरबादमा पतन हुने।
चुनाबमा गठबन्धन नगर्ने हो भने सत्ता मा भुइचालो जाने।
इलामको अवस्थामा माओबादिले आफुलाइ कसरी उभ्याउछ त्यसले एकखाले दृस्टिकोण त खिच्छ नै उता जनताको पहिचानकोमाग सम्बोधन नहुने कुरा र त्यसले पुराउने दुर्गामी असर नजर अन्दाज गर्नै सकिन्न।
अत इलामेली जनताको पहिचान आन्दोलनको सम्मान गर्दै आफ्नो पार्टी को मेरुदण्ड को रुपमा रहेको पहिचान को मुद्दा स्थापित गराउनु बाहेक माओबादिको अर्को विकल्प रहन्न। त्यसका लागि उपयुक्त घडी आफ्नो पहिचान पक्षधर माओबादी उम्मेदवार।








