• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

माछापुच्छे परोपकार संस्थाको सहयोग तथा सम्मान कार्यक्रम


  •    अभियाम हाम्रो / शनिबार, चैत १७, २०८०  

  • चैत

    माछापुच्छे« परोपकार संस्था लाहाचोकले एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ ।
    संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ । समारोहमा ज्येष्ठ समाजसेवीतर्फ हर्कबहादुर गुरुङ, प्रेमप्रसाद पौडेल, युवा कृषकतर्फ आनन्द अधिकारी, ओमप्रकाश अधिकारी, रमेश जिसी र खेलतर्फ सुजन नेपालीलाई सम्मान गरिएको थियो ।

    सोही समारोहबीच संस्थाले झिझीर्का निवासी दुर्घटनाकी घाइते बबिता अधिकारीका लागि ४० हजार सहयोग हस्तान्तरण गरिएको थियो ।
    संस्थाले महेन्द्र मावि लाहाचोककी छात्रा कुसुम नेपालीलाई नगद आठ हजारसहित शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद सामग्री सहयोग समेत गरेको छ । समारोहमा समाजका ज्येष्ठ विपन्न आमा लक्ष्मी नेपाली, जुना परियार, विष्णुमाया कामी, रुकी परियार र लीला रानाभाटलाई साडीचोलो र चप्पलसहित सम्मान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि अर्जुनबहादुर शाहीले परदेशमा बसेका गाउँका भाइछोराले थालेका सामाजिक कामले गाउँप्रतिको माया बढाउने भएकाले आफ्नातर्फबाट सक्दो सहयोग गर्दै आएको बताए । उनले ज्ञान आर्जनका लागि समाजका हरेक व्यक्ति प्रेरणाका श्रोत बन्ने भएकाले राम्रो नराम्रो टिकाटिप्पणी भन्दा त्यसबाट आफूले ग्रहण गर्ने शिक्षा नै महत्वपूर्ण कुरा रहेको धारणा राखे । लाहाचोक ४ का वडाध्यक्ष मधुसुदन अधिकारीले वैदेशिक रोजगार मञ्च विधिवत माछापुच्छे« परोपकारी संस्था भएर अगाडि बढेको देख्दा खुसी लागेको बताए । उनले आफू सरकारमा बसेर पनि गर्न नसकेका कार्यक्रम परोपकारी मञ्चले गरेको भन्दै लाहाचोक प्रकृतिको वरदान भएकाले अझ समुन्नत बनाउन सबैलाई एक भएर लाग्नसमेत आग्रह गरे ।
    लाहाचोक ४ का पूर्व वडाध्यक्ष पूर्णबहादुर शाहीले गाउँको विकासका लागि एक्लो जनप्रतिनिधिले केही गर्न नसक्ने भएकाले सबै गाउँलेलाई विकासको अभियानमा एकजुट हुन आग्रह गरे ।

    भूतपूर्व डिएसपी राजेन्द्र अधिकारीले माछापुच्छे« परोपकारी संस्थाका हिजो सुनेका भन्दा आज प्रत्यक्ष देखेका गतिविधिबाट आफू निकै प्रभावित भएको धारणा राखे । स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष असफल गौतमले जन्मभूमिमा भरोसा नपाएर परदेश भएकाहरू परदेशबाट स्वदेशको विकास र समृद्धिमा लगाएको चिन्तनप्रति स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको बताए ।
    युवा संघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जिसीले गाउँले धेरै आशा गरेका संस्थाका गतिविधिलाई थप उचाइमा पु¥याउन सब एक भएर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए ।

    कार्यक्रममा लाहाचोक साहित्य सदनका अध्यक्ष लिलाधर अधिकारी अभिलाषी, सिर्जना साहित्य सदनका सचिव पदम नेपाल, समाजसेवी मिनराज अधिकारीलगायतले परोपकारी मञ्चका गतिविधिको प्रशंसा गरेका थिए । समारोहमा सुरक्षा शाही, दिपेश नेपाली, कृष्टिना जिसी, लाहाचोक नौमती बाजा समूहले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए । इन्द्रप्रसाद अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा संस्थाका अध्यक्ष प्रदीप क्षत्रीले कार्यक्रम संयोजक राजु क्षत्री अपुरोको अथक प्रयास र मेहनतको प्रतिफल नै आजको कार्यक्रम रहेको बताए । संस्थाका सचिव सुशील श्रेष्ठले संस्था विधिवत स्थापनापछि पहिलो प्रारम्भिक साधारण सभासहितको कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.