• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा


  •    अभियान हाम्रो / शनिबार, चैत १७, २०८०  

  • पोखरा

    जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बीमा गरेको हो । शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराइएको हो । बीमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने उनले बताए ।

    आफु भाषण भन्दा पनि काममा विश्वास राख्ने भएकाले वडा १३ का नागरिकको सुखदुखमा सदैव साथमा रहेको उनले बताए । “भाषण होइन काममा विश्वास राख्ने गर्छु । शहरका नागरिकले स्वास्थ्य बीमा गराइराख्दा गाउँका नागरिक यसबाट वञ्चित हुनुहुँदैन भन्ने लाग्यो । फलस्वरुप वडाले आज गाउँका स्थानीयको स्वास्थ्य बीमा गराएको हो । आशा छ निशुल्क स्वास्थ्य बीमा बाट नागरिकलाई लाभ मिल्नेछ ।”, उनले भने । बरालले आफ्नो कार्यकालसम्म गाउँको बाँकी भौतिक विकास गर्दै जाने प्रतिबद्धता समेत गरेका छन् । “गाउँमा आइराख्दा थोरै समस्या बाटोघाटोको देखे । मेरो कार्यकालसम्म उक्त बाटोघाटोको समस्याको पनि समाधान गर्नेछु ।”, उनले भने । भौतिक विकाससँगै मानविय विकासमा समेत वडा सक्रिय रहेको उनले बताए । सीपमुलक तालिम सिकाई वडामा भएका नागरिकलाई रोजगार दिलाउने बाटोमा समेत अग्रसर रहेको भनाई उनको छ । शिक्षाको क्षेत्रमा समेत वडाले लगानी गरिरहेको छ ।

    नेपाली काँग्रेस वडा नं. १३ का इकाई सभापति माधव प्रसाद सिग्देलले वडाको नयाँ अभियानमा स्थानीयले समेत सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले वडाले गाउँका नागरिकको निशुल्क स्वास्थ्य बीमा गराएर उदाहरणीय बनेको बताए । गाउँका मान्छे गाउँमै बस्ने वातावरण मिलाउने तर्फ पनि सोच्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । स्थानीय टोल विकास समितिकी उपाध्यक्ष धनकुमारी गुरुङले पोखरा १३ वडाध्यक्षको मात्रै नभई सबैको भएको उल्लेख गरिन् । उनले विकासका काममा वडाध्यक्षलाई स्थानीयले समेत साथ दिनुपर्ने बताइन् । गाउँका मान्छेको स्वास्थ्य बीमा गराएर वडाले सह्रानिय काम गरेको भनाई उनको छ ।

    स्थानीय पोखरी स्वाराका भीम बहादुर दमैले वडाले गाउँमा नै आएर निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएकोमा खुशी लागेको बताए । “वडाले गाउँमा नै आएर यसरी निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदा खुशी लागेको छ । सिंहदरबार गाउँमा नै आएको आभाष भएको छ । वडाध्यक्ष लगायत पोखरा १३ का जनप्रतिनिधिलाई धेरै धन्यवाद ।”, उनले भने ।

    पोखरी स्वाराकै सरस्वती घले पनि निशुल्क स्वास्थ्य बीमा कार्ड पाएर खुशी छिन् । अब उनको स्वास्थ्य उपचारका लागि कुनै खर्च लाग्नेछैन । वडाध्यक्ष गाउँमा नै पुगेर निशुल्क स्वास्थ्य कार्ड उपलब्ध गराउँदा खुशी लागेको उनले सुनाइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.