• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

०८१ चैत मसान्तसम्म नेपाल तरुण दलले स्थानिय देखि केन्द्र सम्मका सबै महाधिवेशन सम्पन्न गर्ने


  •    अजय क्षेत्री / शनिबार, चैत १७, २०८०  

  • नेपाल तरुण दल केन्द्रिय समितीको वैठक २०८० साल चैत्र १५ र १६ गते दलका अध्यक्ष विद्वान गुरुङज्युको अध्यक्षतामा काठमाडौंमा बैठक बसि बृहत छलफल गरि अध्यक्ष गुरुङले पेश गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ
    बैठकमा अध्यक्ष विद्वान गुरुङले पेश गर्नुभएको प्रस्ताव माथी ८७ जना केन्द्रिय सदस्यज्युहरुले आ-आफ्नो विचार राखेका थिए

    २०८० साल कार्तिक १७ गते राती जाजरकोट र पश्चिम रुकुममा गएको विनासकारी भूकम्पका कारण आवास विहिन हुन पुगेका जाजरकोट भेरी न.पा अन्तर्गत रिम्ना, महतगाउँ र खलङ्‌गामा सर्वसाधारण जनताको पिडामा साथ दिएर दुःखका आँसु पुछ्दै अस्थाई आवास निर्माण नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष आदरणिय श्री विद्वान गुरुङज्यूको नेतृत्वमा सम्पन्न भएको थियो। त्यस कार्यमा सम्बन्धीत कार्यक्षेत्रमा भौतिक उपस्थित भई श्रमदान गर्ने र अन्य आर्थिक र भौतिक सहयोग गर्नुहुने सम्पूर्णमा अध्यक्ष गुरुङ ले धन्यवाद दिएका छन साथै राष्ट्रिय महाधिवेशनको बिषयलाई प्रस्ताब बनाएर निर्णय भएको विज्ञप्ति मा लेखिएको छ
    क)नेपाल तरुण दलको पाचौं राष्ट्रिय महाधिवेशन तयारी सम्वन्धी छलफल ।
    ख)विविध ।

    निर्णय :

    क)नेपाल तरुण दलको पाँचौ महाधिवेशन आगामी २०८१ चैत मसान्त सम्म समपन्न गर्न केन्द्रीय कार्यसमितिको यस बैठक तपाशिल बमोजिम गर्ने गरी निणर्य गर्दछ ।

    १) नेपाल तरुण दलको विधान संसोधन गर्न यस बैठक ५ सदस्यीय विधान संसोधन मस्यौदा समिति गठन गर्ने निणर्य गर्दछ । आगामी २०८१ जेठ २० गते भित्र विधानको संसोधन मस्यौदा दलका अध्यक्ष ज्यूलाई बुझाउनु पर्नेछ । यस विधान संसोधन मस्यौदा समितिको सदस्य सचिव दलको केन्द्रीय कार्यालयका मुख्य सचिव रहने निणर्य गरिन्छ। यसरी विधान संसोधन मस्यौदा समितिले तयार पारी बुझाएको विधानको संसोधन मस्यौदालाई दलको केन्द्रीय कार्यसमितिको २०८१ साल जेठको २७ र २८ गते बस्ने बैठकमा निणर्यार्थ पेश गरिने छ । यस विधान संसोधन मस्यौदा समिति अध्यक्षज्यूले गठन गर्नु हुनेछ ।

    २) नेपाल तरुण दलको संगठन देशका सबै राज्य संरचनाहरुसम्म पुगेको हुँदा दलका संगठनका सबै संरचनाहरुलाई राजनैतिक रुपले चलयमान र शशक्त बनाई आगामी पाँचौ महाधिवेशन सभ्य र भव्य रुपले सम्पन्न गर्न ७७ वटै जिल्लाह‌रूमा दलका केन्द्रीय सदस्य ज्यूहरुलाई केन्द्रीय प्रतिनिधीको रूपमा पठाउने यस बैठक निणर्य गर्दछ । यसरी केन्द्रीय प्रतिनिधीको रुपमा खटिएर जानुभएका केन्द्रीय सदस्यज्युहरूले जिल्लामा दलको सांगठनिक अवस्था, गर्नुपर्ने सकारात्मक कार्यहरुको सुझाव, विधान संसोधन मस्यौदामा समावेस गर्नुपर्ने जिल्लाको राय लगायत सांगठनिक र राजनीतिक विषयहरुका बारेमा प्रतिवेदन आगामी २०८० साल जेठ १० गते भित्र दलको केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने छ। यसरी केन्द्रीय प्रतिनिधिहरुबाट प्रतिवेदनमा आएका महत्वपूणर् विषयहरुको अध्ययन गरी २०८० साल जेठ २७ र २८ गते बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तावको रुपमा लगि छलफल गराइने छ ।

    ३) पाचौं महाधिवेशनकै तयारीलाई अझ प्रभावकारी र जनचासोको रुपमा अगाडि बढाउन बर्षायाममा हुने वाढि, पहिरो र डुवान प्रभावित क्षेत्रहरुमा मानवीय सेवा र उद्धारका लागि तरुण स्वयमसेवक परिचालन र तरुणहरुलाई किसानसँग जोड्न र संगठन विस्तारका लागि कृषि श्रमदान अभियान सञ्चालन गर्ने यस बैठछ निणर्य गर्दछ यस अभियान संगै देश भर तरुण दलको सदस्यता वितरण सुरु गरी २०८१ श्रावन मसान्तभित्र दलको पूणर्कालिन सदस्यता फाराम सबै जिल्ला समितिलाई पठाइ सकिने छ। साथै भाद्र मसान्त भित्र उक्त पूणर्कालिन सदस्यता फाराम स्वीकृतिका लागि जील्ला समितिबाट केन्द्रमा पठाइ सक्नुपर्ने छ ।

    ४) २०८१ साल असोज मसान्त भित्र देशभरका ६७४३ वडामा वडा अधिवेशन सम्पन्न गर्ने ।

    ५) २०८१ साल मंसिर मसान्त भित्र ७५३ वटै पालिका अधिवेशन सम्पन्न गर्ने ।

    ६)२०८१ साल पौष मसान्त भित्र १६५वटै संघिय निर्वाचन क्षेत्र स्तरिय अधिवेशन सम्पन्न गर्ने ।

    ७)२०८१ साल माघ मसान्त भित्र ७७वटै जिल्ला अधिवेशन सम्पन्न गर्ने ।

    ८) नेपाली काँग्रेस पार्टी नेतृत्वसँग परामर्श र राय सल्लाहका आधारमा नेपाल तरुण दलको ७वटै प्रदेशको प्रदेश अधिवेशन र दलको पाँचौ महाधिवेशन २०८१ साल चैत्र मसान्तभित्र सम्पन्न गर्ने ।
    ख)विविध

    १)नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको यस बैठक नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन का .म. पा-१३ रविभवनमा निर्माण गर्ने यस बैठक निणर्य गर्दछ । यस भवन निर्माणका लागि भवन निर्माण उप-समिति गठन गरिने छ । भवन निर्माणमा नेपाल तरुण दलका केन्द्रीय समिति, जिल्ला समिति लगायत सबै तरुण नेता साथीहरूसंग आर्थिक र भौतिक सहयोगको लागि आग्रह गर्ने यस बैठक निणर्य गर्दछ ।

    २)नेपाल तरूण दल केन्द्रीय कार्य समितिका सबै सदस्यज्यूहरू बाट नियमित मासिक सहयोग रू १००० अक्षररूपी एक हजार उठाउने सर्वसम्मत निणर्य यस बैठक गर्दछ ।

    ३)देशमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतीक र प्रशासनिक क्षेत्रहरुमा देखिएको ,विकृति ,विसंगती र बेथितीहरूको विस्तृत अध्ययन र छलफल गरी त्यस प्रकारका गतिविधिहरू प्रति तरुण दलको स्पष्ट धारणा बनाई जनचेतनामुलक र विरोधका कार्यक्रमहरू सुरू गर्ने निणर्य यस बैठक गर्दछ ।

    ४)नेपाल तरुण दलको केन्द्रिय कार्यलय भवन निर्माणका लागि आज तरुण दलका केन्द्रिय सदस्य साथीहरुबाट रु ४७,००,०००/- रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.