८३ वर्षीया वृद्धाको हत्या घटनामा इलाका प्रहरी कार्यालय बनेपाले एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । व्यक्तिगत खर्च चलाउने उद्देश्यले एउटै घरमा भाडामा बसेकी ८३ वर्षीया लक्ष्मी तामाङको कानको मुन्द्री लुटेर गत फागुन १७ गते बिहान हत्या गरी भागेका अभिषेक अचार्जुलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
साथै तामाङको कोठामा प्रवेश गरेका अभिषेकले सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिच्नुको र मुख थुनेर सुनको मुन्द्री लुटेर फरार भएका थिए । लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रूपैयाँ लिएका थिए ।
प्रहरीले पक्राउ गरेका अभिषेकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान सुरू गरेको बताएको छ ।








