• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा हुने अन्तर विद्यालय छात्रा क्रिकेटलाई कंगारुको साथ


  •    अभियान हाम्रो डट कम / शुक्रबार, चैत १६, २०८०  

  • चैत्र ,पोखरा

    पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखि शुरु हुन लागेको पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गर्ने भएको छ । फाउण्डेशन र आयोजक पोखरा महानगरपालिका क्रिकेट संघविच उक्त सम्झौता भएको आयोजक समितिका अध्यक्ष विरेन्द्र पुनले जानकारी दिनुभयो ।

    २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउन यो सहयोग गरेको फाउण्डन पोखराका निर्देशक टि आर काफ्लेले बताउनुभयो । अध्यक्ष पुनले फाउण्डेशनको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै यस्तै सहयोगबाट नेपाली महिला क्रिकेटले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । महिला टिमले क्रिकेटका माध्यमबाट नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाउन अहम भूमिंका निर्वाह गरेकोले महानगरले महिला क्रिकेटलाई प्राथमिकतामा राखको पुनको भनाई छ ।

    पोखरा रंगशालामा बैशाख २१ गते सम्म सञ्चालन हुने प्रतियोगिताका पोखराका विभिन्न १२ विद्यालयलाई सहभागिता गराइने प्रतियोगिता संयोजक गोविन्द प्रधानले बताउनुभयो । सहभागि टिमलाई ४ समुहमा विभाजन गरि लिगकम नकआउटका आधारमा खेलाइने उहाँको भनाई छ । प्रतियोगितामा सहभागि विद्यालयले कम्तिमा पनि दुई खेल खेल्न पाउने छन् । लिग चरणमा शिर्षस्थान हाँसिल गर्ने हरेक समुहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ ।

    प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरि हरेक खेलमा उमन अफ द म्याच, उमन अफ द सिरिज, बेष्ट व्याट्सउमन, बेष्ट बलर लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने कोषाध्यक्ष ऋषिकेश सर्माले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.