निशान श्रेष्ठ
माल्दिप्स
दिन त वस् जसोतसो बितिहाल्छ
गार्हो त तब हुन्छ जब थाकेर आएको ज्यानले हतार हतार ज्यानमै नभएको जाँगर निकालेर बनाएको खाना थालमा राखेपछि.. आउने परिवारको याद..
मामुले खान आईज है भन्दा पनि घुर्काएर खान्न भनेको सम्झियो..
घाँटीमा पुगेको खाना पेटमा जाला भन्दा झन बाहिर आउन बढि कोसिस गर्छ ॥ पहिला चाखेर ठिक्क लागेको नुन पनि आँशु मिसिएपछि झन चर्को हुन्छ अनि कहाँबाट रुचोस खाना..
दुई चार गास पानीसँग निलेर अरु सबै फ्रिजमा..
भोलीपल्ट त्यहि खाना प्लास्टिकमा पोको पार्यो अनि हिड्यो डिउटी तिर..
जब अत्ति भोक लाग्छ हिजो पकाएको खाना बिहानदेखि प्लास्टिकको पोकोमा परेको घामको गर्मीले अमिलो अमिलो भैसक्छ.. साथीहरु सामु गोलभेडा धेरै भएर अमिलो भएछ भन्यो..
अमिलो खाना मन अमिलो पार्दै खायो पानीसँग..
जिउनकै लागि भएपनि खानै पर्छ नखाई बाँचिन्न । परिवार प्रतिको जिम्मेवारी पुरा गर्नकै लागि पनि त बाच्नुपर्यो ।
परदेशीलाई सजिलो कहाँ छ र हजुर








