• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीका दुई हलमा चपसले राख्यो रिभ्यू बक्स

"सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीका दुई हलमा चपसले राख्यो रिभ्यू बक्स "

  •     अल्चना श्रेष्ठ/ शुक्रबार, चैत ०९, २०८०  

  • पोखरा ।

    सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स राखिएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो । शुक्रबार एक कार्यक्रमका बीच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले उदघाटन गरेका हुन् ।

     

    नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चपस कास्कीको छ । चपस कास्कीले रिभ्यू बक्स हलमा राखेर उदाहरणीय काम गरेको मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले बताए । उनका अनुसार रिभ्यू बक्स राखेर मात्र नहुने यसको संरक्षण र निरन्तरता गर्नुपर्ने आवश्यकता छ । रिभ्यू बक्सको स्थापनाले सिनेमाहलमा सिनेमा हेर्न आएका दर्शकलाई प्रतिक्रिया दिन सहज हुने विश्वास उनको छ । सिनेप्लेक्सका म्यानेजर राजन पुरीले चपस कास्कीसँग सहकार्य गरेर रिभ्यू बक्स स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उनले रिभ्यू बक्स स्थापनाले नेपाली सिनेमाको सम्बद्र्धन र प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाले स्थापना गरेको रिभ्यू बक्स नेपाली चलचित्र क्षेत्रमा उदाहरणीय बन्ने बताए । उनका अनुसार चपस कास्कीले राखेको रिभ्यू बक्सले नेपाली सिनेमा क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्नेछ । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले चपस कास्की नेपाली सिनेमाको विकास र प्रवद्र्धनका लागि निरन्तर लागिरहेको उल्लेख गरे । फलस्वरुप सिनेमा घरमा रिभ्यू बक्स राखिएको भनाई उनको छ । शुक्रबारबाट रिलिज भएको सिनेमा महाजात्रा हेरिसकेपछि पोखराका पत्रकार एवम् दर्शकले रिभ्यू बक्समा प्रतिक्रिया दिएका छन् ।

    रिभ्यू बक्ससँगै एउटा फर्म उपलब्ध गराइएको छ । जसमा सिनेमाको नाम सहित निर्देशन, संगीत, कथा, अभिनय कस्तो लाग्यो दर्शकले ठीक चिन्ह लगाएर उल्लेख गर्न पाउनेछन् । चिन्हसँगै सिनेमाका विषयमा आफ्नो धारणा समेत प्रस्तुत गर्न पाइनेछ । नाम, नम्बर र ठेगाना लेखि बक्समा उक्त कार्ड राख्नुपर्नेछ ।

    एक हप्तामा बक्स खोलेर लक्की ड्र मार्फत दुई जना विजेता घोषणा गर्ने र विजेतालाई पुरस्कृत समेत गरिने चपस कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए । उनका अनुसार पुरस्कारका लागि सिनेमाहलहरु मिडटाउन सिनेमाज र सिनेप्लेक्समा विजेतालाई प्रत्येक हप्ता दुईदुई वटा फिल्म टिकट र पपकन निशुल्क प्रदान गर्नेछ । यस्तै दमदार बिरयानी र क्लाउड नाइनमा खाजाको समेत व्यवस्था गरिएको छ । विजेताबीच पनि प्रतिस्पर्धाका आधारमा मासिक रुपमा एक जनालाई बन्जी नेपालले प्रदान गरेको निशुल्क बन्जी उपहार प्रदान गरिनेछ । रिभ्यू बक्स स्थापनाका लागि परिचयबाट समेत सहयोग प्राप्त भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.