सिन्धुपाल्चोकबाट सिक्लेस ल्याएर श्रीमान मार्ने श्रिमति सहित ४ जना अभियुक्तहरुलाई आज जिल्ला प्रहरी कार्यालय (जि.प्र.का) कास्कीबाट सार्वजनिक गरेको छ । कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्तहरु पक्राउ गरिएको सम्बन्धमा जानकारी गराउने उद्देश्यले (जि.प्र.का) कास्कीले पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रममा कास्की जिल्ला मादी गाउँपालिका वडा न १ , सिक्लेस हाइड्रो पावर जाने कच्ची सडक खण्डमा अन्दाजी २५ ,३० मिटर तल भिर पाखामा रामलाल तमाङ्गको शव भेटिएको जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्ला जुगल गाउँ पालिका वडा न ५ भै बर्ष ३६ का राम बहादुर तमाङ्ग को हत्या मा संग्लग्न ४ जना अभियुक्तहरु श्रीमती च्याङ्मा तामाङ, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।








