कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका – १ जिमिरे स्थित करुवा सेति हाईड्रोपावरमा काम गर्ने मजदुर ५० वर्षीय याम बहादुर थापाको शव उद्धार गरिएको छ । काम गर्ने क्रममा अचानक अन्दाजी ३ सय मिटर माथि भिरबाट तल खसी मृत्यु भएको छ ।
गोरखा जिल्ला शहिदलखन गाउँपालिका-२ वतन भएका मजदुर थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं.२४ गण हेड क्वाटर कालिका कास्कीबाट खटिएको विशेष विपद् उद्धार टोलीले भिरमा अड्किएको अवस्थामा उनको शव उद्धार गरिएको हो ।
याम बहादुर थापाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेट क्वाटर कालिका कास्कीका प्रहरी नायव उपरीक्षक, सुचना अधिकारी लिला बहादुर भुजेलले जानकारी दिनुभयो ।








