आलोकाचो उमेरमै
न्यानो गुण छोडेर
सपनाको भारी बोकेर
चढ्दैथिएँ विश्वासको उकालो
पुगेछु दिग्भ्रमित थुम्कोमा
अल्झिएँ सङ्काको घेरामा
चिप्लिएँ आफन्तको बोलिमा
पछारिएँ स्वार्थी दुनियाँमा
हजार प्रयत्न गरेँ
आफ्नो गन्तव्य पहिल्याउन
त्यो घिनलाग्दो दलदलबाट निस्कन
आफ्ना आफन्ती
छर छिमेकी
साथी संगी
कस्लाइ गरिनहोला हारगुहार?
हात दिँदा खुट्टा ताने
दुख बिसाउँदा आश्वासन दिए
सहयोग माग्दा भाका राखे
अर्को भेटमा नदेखे झैं गरे
हो!परिक्षाको समयले
थोरै समयमा धेरै मान्छे चिनें
चिन्न बाँकी एकजना थियो
अब ढुक्क भएँ
आज बाट
तिमिलाइपनी चिनें।








