पोखरामा राष्ट्रिय ड्रागन बोटरेस प्रतियोगीता २०८० चैतको ११ र १२ गते हुुने भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ वेगनासताल, मन्दरे पार्कमा पोखरा महानगरपालिका, होटल तथा रेष्टुरेन्ट एसोशिएसन लेखनाथ, ड्रागन बोट संघ गण्डकी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय गण्डकी प्रदेश र लेखनाथ उद्योग बाणिज्य संघको प्रर्बद्धनमा प्रतियोगिताको आयोजना गरिएको छ । पर्यटकीय राजधानी पोखरा साथै समग्र गण्डकी प्रदेशको पर्यटन प्रबर्धन गरी यस क्षेत्रमा पर्यटकहरुको बसाई लम्व्याई स्थानीय आर्थिक विकासमा टेवा दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको होटल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथका अध्यक्ष तथा कार्यक्रम संयोजक विरभद्र कडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा माछा प्रवद्धन, स्थानीय भेषभुषा तथा झाँकी र्याली प्रर्दशन, नेपाल चिन सम्बन्ध झल्कने बस्तु एवंम परिकार ,मानोरन्जनात्मक सांगितिक कार्यक्रम र स्थानीय पर्यटकीय स्थान विशेषको प्रचारप्रसार एवम् प्रवद्धन समेत गरिनेछ ।प्रतियोगिताका लागि ४० लाख सहयोग प्राप्त हुुने र कुुल ४५ लाख खर्च हुुने आयोजकको अनुमान रहेको छ ।








