• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१९ औं फेवा नव बर्ष महोत्सव सफल बनाउनलाई २१ उपसमिति गठन


  •    अभियान हाम्रो / बुधबार, चैत ०७, २०८०  

  • पोखरा, चैत

    होटल संघ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औं फेवा नव बर्ष महोत्सवलाई भव्य रुपमा सफल पार्न गठित विभिन्न उपसमितिहरुले आफ्नो कामलाई तीव्रता प्रदान गरेका छन् । महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालै सम्पन्न पहिलो बैठकमा विभिन्न २१ वटा उपसमितिहरु गठन गरिएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उपसमितिका संयोजकहरुलाई जिम्मेवारी बाँठफाँडका अतिरिक्त लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकहरु समेत तोकिएको छ ।

    संघका उपाध्यक्षहरु दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रशारको मुख्य जिम्मेवारी संघका महासचिव राजेन्द्र ढकालले पाएका छन् । संघका सबै पूर्व अध्यक्ष एवं सल्लाहकारहरुले महोत्सवको अनुगमन गर्ने छन् । बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको थियो । उक्त खुसियाली तथा महोत्सवका अवसरमा संघ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनाहरुलाई २० प्रतिशत सम्म छुट प्रदान गरिने आयोजक संघका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए ।

    नेपली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ बर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्धेश्य सहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म यो महोत्सव आयोजना हुने छ । ड्यामसाइडमा समेत स्टल राखी विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने जनाइएको छ । अम्मट र सेन्टर प्वाइन्टमा पनि स्टेज निर्माण गरी कार्यक्रम हुने छन् । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ । बैठकका अवसरमा संघका संस्थापक अध्यक्ष रमेशवहादुर भट्टराई, हानका केन्द्रिय सदस्य भरतराज पराजुली, हानका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, संघका सल्लाहकारहरु गोविन्दराज पहारी, लक्ष्मीवहादुर भट्टराई लगायतले महोत्सवलाई सफल पार्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सुझाव राखे ।

    संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संघका महासचिव राजेन्द्र ढकालले संचालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.