बागलुङको निसीखोला गाउँपालिका– ६ जाउले पानीमा दुर्घटना हुँदा मृत्यु हेनेको संख्या ९ पुगेकोक छ । घाइतेहरुलाई थप उपचार लागि धौलागिरि अंचल अस्पताल बाग्लुंग लगिएकोमा ५ जनालाई पोखरा ल्याएको छ ।
रुकुम पश्चिमबाट काठमाडौँ आउँदै गरेको ०१-००६ ख ३८७९ नम्बरको बस साझा पौने ५ बजे दुर्घटना हुदा सडकदेखि १५० मिटर तल खसेको थियो भने दुर्घटना परि ५ जान पुरुष र ४ जना महिला गरि ९ जनाको मृ त्यु भएको हो ।
७ जनाको घटना स्थल मै मृत्यु भएको थियो बसमा ३३ जना यात्री रहेका थिए । मृत्यु हुनेमा बस चालक रुकुम पश्चिम घर भएको सुवास गौतम बस मालिक बबी नेपालीको मात्रै सनाखत भएको छ । साथै ७ जनाको पहिचान खुल्न्ना बाकी रहेको जानकारी दिनु भएको छ ।








