आइतबार मात्र एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र बनेका गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ “दीपक मनाङे”ले आज सोमबार शपथ लिएका छन्।
“दीपक मनाङे”लाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार शपथ खुवाएका हुन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई मन्त्री नियुक्त गरेका थिए। यो सहित मनाङे चौथो पटक प्रदेश मन्त्री बनेको हो। मन्त्री राजीव गुरुङ उर्फ “दीपक मनाङे”को शपथ ग्रहण कार्यक्रममा विपक्षी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू सहभागी भएनन् ।








