विराटनगर-४ स्थित नोबल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दासले आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् ।
आइतबार राति मृत होटलको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले भेटिएको जानकारी दिए ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा हत्या भएको अवस्थामा डेराको कोठाभित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरि गहिरो चोट लागेको थियो ।
शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । प्रेमी २२ वर्षीय शिवशंकरले आत्महत्या गरेको होटल नर्स कुमारीको हत्या भएको ठाउँदेखि करिब तिन सय मिटर पूर्वमा पर्दछ ।
२७ फागुनमा मलेसियाबाट शिवशंकर काठमाडौँ फर्किएका थिए र २९ फागुनमा विराटनगर आएपछि शिवशंकर प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।








