सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड बन्दुक सहित पक्राउ परेका जिल्ला प्रहरी काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेहरूमा दीपक खड्का र रामकुमार धिमाल छन्। सर्वोच्च अदालतमा बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रममा बन्दुकसहित उनीहरुलाई पक्राउ गरिएको हो।
अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेक गर्नेक्रममा बन्दुक बरामद र सानो दुई वटा म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ।
प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो।








