गुरुवर कवि मुकुन्दशरण उपाध्यय । जसले २३ बर्षको उमेरमा प्राकृत पोखरा काव्य रचना गरे । यस पुस्तक ले २०२१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।
जब ऊनी बनारसमा पढाई गर्दै थिए उनले नवभारत टाइम्स मा कास्मिरको गुण गाइयको लेख देखे तब उनलाई लाग्यो पोखरा यति सुन्दर छ यसको महिमा किन नगर्ने ? भन्दै उनले प्रार्कृत पोखरा लेखे । बास्तबमा यति सुन्दर छ पोखरा जसको जतिसुकै महिमा गायपनि कम नै हुन्छ । तर पोखरा को प्रचार प्रसार हुन अझै बाकी छ । मैले पनि जानीनजानी यहाँका मठ मन्दिर गुम्बा बिहार का बारेमा पुस्तक लेखेको छु तर तीन लाई विभिन्न भा षामा अनुबाद गरी प्रकाशित गर्न सकेको छैन ।
पोखरा महानगर भित्र कै सम्पदा लाई बाहिर ल्याउन सकियको पनि छैन । यहाँका जात्रा पर्व का बारेमा पुस्तक प्रकाशित हुन बाकी छन । जे होस कबिवर उपाध्याय लाई आज ६० बर्ष पछि राज्य ले सम्झेको देख्दा मेरो मन हरष बिभाेर भएको छ ।
लाग्छ यो सम्मान ब्यक्ति को होइन समग्र पोखरा र पोखरेली को हो ।








