नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । आगामी चैत १५ र १६ गते बस्नेगरी अध्यक्ष गुरुङले बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले जानकारी दिएका छन्।
बैठकमा तरुण दलको पाचौ राष्ट्रिय महाधिवेशनबारे छलफल हुने विज्ञप्तिमार्फत भनिएको छ । केन्द्रीय कार्यसमितिका सम्पूर्ण सदस्यलाई सो बैठकमा उपस्थित हुन आह्वान गरिएको छ। ललितपुरको कुपन्डोलस्थित, कुपन्डोल ब्यान्क्वेटमा बैठक बोलाइएको छ ।









