सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बम विस्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको छ । उक्त स्थानमा शुक्रबार बिहान बम विस्फोट भएको सिन्धुलीका प्रहरी नयव उपरीक्षक तथा प्रवक्ता चिरन्जिवी दाहालले जानकारी दिए ।
विस्फोट कसले गराएको भन्ने पुष्टि नभए पनि घटना स्थलमा जनमुक्ती सेना लेखेको पत्र भेटिएको प्रहरीले जनाएको छ । विस्फोट स्थलमा पेट्रोलको दुईवटा बोटलसमेत फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्नको खोजिकार्य सुरु गरिएको प्रहरीले जनायो ।








