२०४४ सालमा स्थापना भएको पोखरा महानगरपालिका वडा नं २७ कुमाल गाउँमा रहेको श्रीकल्याण आधारभूत विधालयलाई लेखनाथ क्लब र एस ओ एस बालग्राम गण्डकीले संयुुक्त रुपमा गरेको सहयोग कार्य एक अौपाचारिक कार्यक्रम गरेर समापन गरेक छ ।
विधालयको सुरक्षाको लागि लगाईएको वालमा रंग लगाउने ,विभिन्न प्रकारका चित्र , सुध्द पिउने पानीको लागि युरोगार्ड र पानी टंकी आदि सहयोग गरेको छ।१ रोपनी ११ आना जग्गामा रहेको यो विधालयमा नर्सरी देखी कक्षा छ सम्म सञ्चालन र अंग्रेजी माध्यमबाट पनि पढाइ भई रहेको विधालयका प्रधानाध्यपक सरस्वती भणडारीले जानकारी दिनु भयो।
यस कार्यको लागी दाताहरुले नगद तथा जिन्सी प्रदान गरि सहयोग गर्नु भएको छ। अर्घौं हार्डवयर सञ्चालक जीत बहादुर पुनले २० लिटर रंग, ३३ कोटि सप्लायर्सका संजीव सुवेेदीले १० लिटर रंग,एसओएस माईनर युथ क्लबले रू ५ हजार र राम चन्द्र श्रेष्टले रु २५ हजार सहयोग प्रदान गर्नु भएको छ। कार्यक्रममा विधालय ब्यबस्थापन समितिका अध्यक्ष गंगा तामाङ र प्र अ सरस्वती भण्डारीले मन्तब्य राख्नु भएको थियो।

लेखनाथ क्लबका अध्यक्ष बाल गोपाल श्रेष्टको अध्यक्षता र एस ओ एस बालग्रामका ईन्चार्ज बाबुराम बराल ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि बाबुराम बराल ज्यूले संस्थाको बारेमा बोल्दै लेखनाथ क्लब संगको सहकार्य अगामी दिनहरुमा पनि निरन्तरता रहने जानकारी दिनु भयो। कार्यक्रमको बारेमा प्रकाश र समापन अध्यक्ष बालगोपाल श्रेेष्टले गर्नु भएको थियो भने सञ्चालन क्लबका सचिव सञ्जिव थापाले गर्नु भएको थियो ।
साभार








