• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यस वर्षको पत्रकार महिला सम्मानमा खोज मिडियाकी रजनी तामाङ स्याङ्बो सम्मानित


  •    अभियान हाम्रो/ बिहिबार, फागुन २४, २०८०  

  • स्वतन्त्र पत्रकार सघं नेपालको १२ औं स्थापना दिवस, साधारण सभा तथा छैटौं अधिवेशन एवम् पत्रकार महिला सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ ।

    यस वर्षको पत्रकार महिला सम्मानमा खोज मिडियाकी रजनी तामाङ स्याङ्बो सम्मानित भएकि छन् । स्वतन्त्र पत्रकार संघ नेपालद्वारा पत्रकार महिलाको प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मान यस वर्ष कास्कीकी रजनी तामाङ स्याङ्बोलाई अर्पण गरिएको छ । प्रतिभा छनौट समितिको सिफारिसलाई संघको सम्पन्न बैठकले सर्वसम्मत अनुमोदन गरि तामाङलाई सम्मान गरिएको हो ।

    तामाङ्लाई १० हजार नगद, सम्मानपत्र र दोसल्लासहित सम्मानित भएकी छन् ।यो वर्ष सम्मानित भएकी रजनी तामाङ माछापुच्छ्रे गाउँपालिका–९ कास्कीका बासिन्दा हुन् । पिता जुतबहादुर तामाङ र माता फिस्टी तामाङको कोखबाट जन्मिएकी तामाङको परिवारमा पांच जना सदस्यमा तिन दाजुभाई दुई दिदीबहिनीमा उनि कान्छी छोरी हुन् । जेठो छोरा लिल बहादुर तामाङ स्याङ्बो, माईलो छोरा आई बहादुर तामाङ स्याङ्बो, कान्छो छोरा मनोज तामाङ स्याङ्बो,जेठी छोरी देउमाया तामाङ स्याङ्बो र कान्छी छोरी रजनी तामाङ् स्याङ्बो हुन् ।

    तामाङ्ले कक्षा एक देखि कक्षा १२ सम्म श्री गौरीशकंर मनिलाल उच्च माध्यमिक विद्यालयमा अध्यन गरेकी हुन् ! २०६६ सालमा एस. एल. सि. दिए लगतै सानै उमेरदेखि जागिरे बनेकी थिन् । उनि सधैं आफ्नो खुट्टामा आंफै उभिनुपर्छ भन्ने मानसिकता भएकी महिला हुन् । उनले पहिलो पटक १६ वर्षको उमेरमा गाउंमै रहेर सैंतीखोला लघुजलविधुत आयोजनाको कार्यलयमा म्यानेजर पदमा रहेर दुई वर्षको कार्यकाल सम्पन्न गराएकी थिईन् । त्यसपछि उनि सहर झरेपछि प्राईम सहकारीमा बजार प्रतिनिधित्व गर्दै अफिसर सम्म २ वर्षको कार्यकाल सम्पन्न गरे पश्चात मार्गदर्शन एकेडेमी नर्सिङ होस्लटमा एकाउन्टिन सेक्टरमा रहेर पुन दुई वर्ष कार्य सम्पन्न गरि बिदाई भएकी थिईन् ।

    उनि सानै उमेर देखि जागिरे हुदैं गर्दा केहि समय बिश्राम लिएकी थिईन् । बिश्राम पश्चात खोज अनलाई टेलिभिजन प्रा.लि मा संलग्न भई निरन्तर पत्रकारिता क्षेत्रमा लागेकी हुन् । सानै उमेरदेखि विभिन्न कार्यलयहरुमा संलग्न रहेर कार्य सम्पादन गरेको अनुभव रहेकी तामाङ अहिले भने लामो समयदेखि खोज मिडियामा संलग्न रहेकी छन् ।

    विभिन्न संस्थामा रहेर कार्य गरेको अनुभव रहेकी तामाङ पछिल्लो समय भिडियोग्राफी, फोटोग्राफी र समाचारवाचनतर्फकी कुशल प्रस्तोतासमेत हुन् ।तामाङलाई फागुन २४ गते कास्की शाखाको वार्षिक साधारण सभा तथा अधिवेशन समारोहका बीच सम्मान अर्पण गरिएको हो ।

    रजनी तामाङ स्वतन्त्र पत्रकार सघं कास्की शाखाको छैटौं अधिवेशनबाट सचिव पदमा निर्विरोध चयन भएकी छन् ।
    स्वतन्त्र पत्रकार सघं कास्की शाखाको छैटौं अधिवेशनमा अध्यक्ष कृष्ण रानाभाट , सचिव रजनी तामाङ स्याङ्बो, सहसचिव शिशिर पौडेल उपाध्यक्ष दिल्लिराम काफ्ले ,कोषध्यक्ष राधा ढकाल सहित संस्थापक पदाधिकारीमा निर्विरोध चयन भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.