• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानव अधिकार अवस्थाका विषयमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसँग छलफल


  •    संवाददाता/ बुधबार, फागुन २३, २०८०  

  • कर्णाली प्रदेशको मानव अधिकार अवस्थाका विषयमा प्रदेश प्रमुख तिलक परियारसँग इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले छलफल गरेको छ । प्रदेश प्रमुख परियारसँग इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी, प्रलेख अधिकृत पुरन प्रसाद चौधरी, फोकल प्रर्सन दुर्गा थापा, जिल्ला प्रतिनिधि जगत दल जनाला विक समेतको सहभागितामा फागुन २२ गते छलफल गरिएको हो ।

    छलफलका क्रममा प्रदेश संयोजक सुवेदीले कर्णाली प्रदेशको मानव अधिकार अवस्थाका विषयमा जानकारी गराउनुभयो । उक्त अवसरमा संयोजक सुवेदीले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ हस्तान्तरण गर्नु भएको थियो ।

    प्रदेश प्रमुख परियारले सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारका सवाललाई पनि पुस्तकमा समेटिएको भन्दै त्यसले मानव अधिकारको विषयमा काम गर्न सरकारलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

    प्रदेश प्रमुखले सशस्त्र द्वन्द्वमा इन्सेकको भूमिकाको स्मरणगर्दै वर्ष पुस्तक मानव अधिकारको महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । मानव अधिकारको अनुभूति हुनेगरी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँको सुझाव छ ।

    छलफलका क्रममा इन्सेकका प्रदेश संयोजक सुवेदीले कर्णालीमा एक वर्षमा ४ सय ९९ जना पीडित भएको जानकारी गराउनु भयो । कर्णाली प्रदेशमा महिला अधिकारका घटना बढी भएको, परिवारजनबाट एक वर्षमा १३ जना महिलाको हत्या भएको, हाडनाता करणीका घटनाबाट एक वर्षमा १० जना बालिका पीडित भएको लगायतका अवस्था प्रदेश प्रमुखसँगको छलफलमा इन्सेक प्रदेश संयोजकले जानकारी गराउनु भयो ।

    इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाह, उच्च अदालत सुर्खेतका वरिष्ठतम न्यायाधीश कृष्णलाल भट्टराइ, रक्तकाली गणका गणपति दुर्गा भट्टराई, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य लगायतसँग कर्णाली प्रदेशको मानव अधिकार अवस्थाका विषयमा छलफल गरेको इन्सेकका प्रलेख अधिकृत पुरन प्रसाद चौधरीेले जानकारी दिनु भयो ।

    छलफलका क्रममा प्रदेश योजना आयोगले पाँच वर्षे रणनीतिक योजना निकाल्ने तयारी गरिरहेका बताउँदै उक्त रणनीतिक योजना बनाउन मानव अधिकार वर्ष पुस्तक स्रोत पुस्तिकाका रुपमा रहने प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले जानकारी दिनु भयो ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.