राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ।
आइतबार बिहान हात्तीगौंडास्थित सभापति लामिछानेको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनुभयो र त्यसका बारेमा छलफल गरियो। बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्यो,’ उपसभापति डिपी अर्यालले जानकारी दिए।








