• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि


  •    अभियान हाम्रो / बिहिबार, फागुन १७, २०८०  

  • पोखरा

    एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    फाइलनमा प्रतिभासँग स्तब्ध अमरसिंहले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतिभाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अमरसिंह निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सफल भयो । अमरसिंहका कल्याण कुमालले सर्वाधिक ३१ रन बनाए । विवश रानाभाटले २७, कल्यान कुमालले ३१, बिमोचन सापकोटाले २१ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । बलिङमा प्रतिभाका सन्देश गिरी, निश्चल श्रेष्ठ, कुशल अधिकारी र सत्कार अधिकारीले १÷१ एकएक विकेट लिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको प्रतिभाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । प्रतिभाका लागि बब्लु शाहले अर्धशतक प्रहार गरे । उनले ५३ बलमा ५२ रन बनाएर आउट भए । राहुल शर्माले २०, रोशन पौडेलले १६, रोहन चन्दले १९ र निश्चल श्रेष्ठले २० रनको योगदान दिए । बलिङतर्फ अमरसिंहका रिजन गिरीले २ र कृतज्ञ अधिकारीले १ विकेट लिए । प्रतिभाका बब्लु शाह फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए । अमरसिंहका सुमन पन्त प्लेयर अफ द सिरिज बने । उनले ७ हजार ५ सय रुपैयाँको साथमा ट्रफी प्राप्त गरे ।

    सगरमाथा माध्यमिक विद्यालयका सिब्रिन श्रेष्ठ उत्कृष्ट ब्याटर र गण्डकी बोर्डिङ स्कुलका समीर पौडेल उत्कृष्ट बलर बने । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङ, गण्डकी क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, आयोजक संस्था बि–बग इभेन्टका अध्यक्ष विशाल सुवेदीले पुरस्कार प्रदान गरे । एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसको मुख्य प्रायोजनमा फागुन ९ गतेदेखि सुरु प्रतियोगितामा पोखरामा १२ विद्यालय सहभागी भएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.