• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, असार ०६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

"सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न  "

  •    अभियान हाम्रो डट कम / आइतबार, फागुन १३, २०८०  

  • सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

    शिक्षक बिच अन्तरक्रिया गरी विद्यार्थी आफैले अध्ययनसँगै अभ्यास र अनुसन्धान गरी अब्बल बन्न कोसिस गर्नुपर्ने बताए । गुणस्तरीय तथा समयसापेक्ष शिक्षामा जोड दिँदै पोखराको शैक्षिक क्षेत्रमा सबलाइमको भूमिका महत्वपूर्ण रहेको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले आफ्ना सन्तानलाई सकरात्मक कुरा र जीवनोपयोगी सिप घरमै सिकाउन अभिभावकले समय छुट्याउन अपरीहार्य रहेको धारणा  राखे ।

    प्याब्सनका केन्द्रीय उपाध्यक्ष बिरबहादुर बुढाथोकी, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, प्याब्सन गण्डकी प्रदेश सचिव विश्वराज बास्तोला, प्याब्सनका केन्द्रीय सल्लाहकार गणेशमासिंह भण्डारी, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी वरिष्ठ अधिकृत ईश्वरी शाह पाण्डे, प्याब्सन कास्कीका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, अभिभावक सुरेश रानाभाट विद्यार्थी आयुष ज्ञवाली लगायतका वक्ताले विद्यालयको प्रगति र उन्नतिका लागि शुभकामना मन्तव्य राखेका थिए । विद्यालयले दिने शिक्षासँगै माटोप्रतिको ममता जगाउन, अनुशासन र संस्कार सिकाउन अपरीहार्य रहेको शुभकामना दिने वक्ताहरूको धारणा रहेको थियो ।

     

    कार्यक्रममा विद्यार्थीले सामूहिक नृत्य, लोकनृत्य, सचेतनामूलक नाटक, विभिन्न जनजातिका नृत्य, कराँते प्रदर्शन, अबाकस सिप प्रदर्शन एवम् बालगीत लगायतका प्रस्तुति राखेको थिए । अतिरिक्त क्रियाकलाप अन्तर्गत् आधारभूत तहका ससाना विद्यार्थीले फेसन सो प्रस्तुति गरेका थिए । विद्यालयका शिक्षक तथा शिक्षिकाको सामूहिक नृत्य आमन्त्रित अतिथि र अभिभावकले चाख मानेर हेरेका थिए ।

    शैक्षिक कार्यक्रमतर्फ कक्षा नर्सरीदेखि १२ कक्षासम्मका उत्कष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सबलाइम स्कुलमा पढेका पूर्व विद्यार्थी डाक्टर प्रतीक्षा पौडेल, इन्जिनियर राजन पौडेल, पाइलट राजन कार्की, सिए विक्रम पराजुली, गायक सुमन खड्का, सर्प विशेषज्ञ रोहित गिरी र पत्रकार हरि पन्तलाई सम्मान गरिएको थियो ।

    वि.सं. २०५२ सालमा स्थापित विद्यालयमा हाल नर्सरीदेखि १२ सम्म ११ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आफ्नै भवनमा सञ्चालित विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाइ सञ्चालन गर्दै आएको छ । २०८० सालमा एसइइ र १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् संस्थापक निर्देशक त्रिभुवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल पुष्पराज पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेपाली विभाग प्रमुख कमलापति शर्माले कार्यक्रम सञ्चालन गरेको थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.