प्रथम मदन भण्डारी राष्ट्रिय हक्कीमा सहभागिता जनाउन गण्डकीको महिला टोली शनिबार धनुषा प्रस्थान गरेको छ ।

यहि फागुन १४ देखि १९ गते सम्म धनुषको जनकपुरस्थित किशेस्वरनाथ माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन गण्डकीको १६ खेलाडी १ व्यवस्थापक र १ प्रशिक्षक गरी १८ सदस्यिय टोली प्रस्थान गरेको हो ।

सोनु बरालको कप्तानीमा धनुषा हिंडेको टोलीमा अनुस्का थापा, इश्मिका क्षेत्री, खुसी मगर गरिमा आले, प्रनिशा गुरुङ, रइशा खातुन, गिता पुन मगर, शिवानी बोहरा, मेलिना थकाली, शमिक्षा क्षेत्री, प्रशन्ना विक, शुस्मा घर्ती, रोजिना राना मगर, बिमु नेपाली र प्रशन्ना मगर रहेका छन् साथेै सम्पूर्ण खेलाडिलाई ओमेन क्लव कास्की र गेट्स ट्रेनिङ्ग सेन्टर पोखराका सन्चालक सारिक गुरुङ र ओम बहादुर रानाले जर्सी बितरण गर्नुभयो सो बिधाई कार्यक्रममा हक्कि संघका केन्द्रीय उपाध्यक्ष हिमाल खडका लगाएत विशिष्ट व्याक्तिहरुको उपस्थित समेत उपस्थित रहेको थियो।

पहिलो पटक प्रदेशको महिला टोली सहभागी हुदैछ उच्च मनोबलका साथ खेलाडिलाई खेल खेल्न प्रदेश अध्यक्ष दिपक बहादुर थापाले शुभकामना दिनुभयो। त्यसै गरी टिमको ब्यवस्थापकमा अशिम मगर र टिम प्रशिक्षकमा हित गुरुङ रहेका छन।







