गण्डकी विश्वविद्यालयले हल्ट prize OnCampus कार्यक्रम शुक्रबार सफलता पुर्वक सम्पन्न गरेको छ । हल्ट प्राइज गण्डकी विश्वविद्यालयमा आएको प्रथम वर्षमै रिजनल समिटमा जाने टिमको चयन पनि भएको छ । यस कार्यक्रमले विश्वविद्यालयमा एउटा नयाँ इतिहास रचेको हल्ट प्राइज गण्डकी विश्वविद्यालयका क्याम्पस निर्देशक दृश्य अधिकारीले बताउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा गण्डकी विश्वविद्यालयका आइटी संकायका संयोजक इ.आर सरोज गिरि, हल्ट प्राइज नेपालका काउन्टी अन क्याम्पस संयोजक दामोदर भुसाल, हल्ट प्राइज नेपालका स्टार्टअप संयोजक सचिन घिमिरे , हल्ट प्राइज नेपालका कन्ट्री डेपुटी क्याम्पस संयोजक किशोर पनेरु , र हल्ट प्राइज फाउन्डेसन अफ नेपालका औपचारिक सामुदायिक निर्माणकर्ता आशिष लामिछानेको आतिथेयतमा कार्यक्रम सुरु भएको हो ।
साथै निर्णायक मण्डलहरुको प्यानल, यार्सा टेकमा इन्जिनियरिङ प्रबन्धक ,प्रशान्त भट्ट , जोनछेन ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नुरज बटाजु र पोखरा जाभाका प्रबन्ध निर्देशक तथा तुलसी फूड्स एण्ड बेभरेजका सह-संस्थापक, दिव्या न्यौपाने रहनु भएको थियो । OnCampus कार्यक्रममा ६ टिमहरु प्रतिस्पर्धामा उत्रिएका थिए । आइडिया Pitching Competition लागि हल्ट प्राइजले तोकेको मापदण्ड अनुरुप रहेर ३ निर्णायक मण्डलहरु विजेता टिम चयन भएको छ।
टिम सम्बुद्ध (SamBuddha) ले बाकीं ५ प्रतिस्पर्धी टिमलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको छ । टिम सम्बुद्धमा ४ सदस्यहरु; मन्दीका गुरुङ ,सुमन पौडेल, कट्रिना बस्नेत ,रोशन लामा रहनु भएको थियो । टिम सम्बुद्धको आइडिया उखुको रस निकाले पछि फोहोरको रुपमा फालिने फाईबर युक्त फोहोर अर्थात् बासको प्रयोगबाट विभिन्न थाल,बोटुका, packaging का सामान, कागत जैविक इन्धन बनाउन सकिने रहेका थिए भने दोस्रो हुन सफल भएको थियो । टिम र्याप (Wrap)मा ५ सदस्यहरु: निराजन ढकाल, जेरुसा लम्साल ,नारायण बस्नेत ,प्रकृति सुवेदी, रक्षा गिरी रहनु भएको थियो । टिम र्यापले एकपटक प्रयोग गरे पछि फ्याकिने प्लाटिक जन्य फोहोरको उपयोग गरेर सजावटका सामान, झोला, purse, मोजाइक अर्ट, फोनको कवर , गुन्द्री आदि बनाउन सकिने आइडिया प्रस्तुत गरेको थियो ।
निर्देशन र सहयोगको लागि प्रायोजकहरू Gandaki University, AlfaBeta Education Consultancy, Urja Tech Academy , E-Planet Education Consultancy र XDezo Learning ले कार्यक्रममा आर्थिक सहयोग गरेका थिए । निर्णायक मण्डलहरको प्यानल ,कार्यक्रममा आर्थिक सहयोग, सल्लाह र सहयोगको लागि प्रायोजकहरु ,अतिथिहरू, मिडिया साझेदारहरू, सल्लाहकारहरू र कार्यक्रममा उपस्थित सम्पूर्णलाई क्याम्पस निर्देशकले बहुमूल्य उपस्थिति र समयको लागि धन्यबाद ब्यक्त गर्नु भयो ।
आगामी वर्षहरुमा पनि अहिले जसरि नै सक्रिय रहेर हल्ट जस्तो गरिमामय संस्थाका कार्यक्रमहरुलाई अझ थप जोश ,जागर र हौसलाका साथ स्वागत गर्ने बताउनु भयो । OnCampus कार्यक्रम मात्र नभई , प्रथम टिम लाई प्रतिनिधित्तो गर्दै रिजनल समिट भन्दा माथि पनि लिएर जाने प्रतिबद्धता ब्यक्त गर्दै आधिकारिकरुपमा कार्यक्रम सम्पन्न गर्नु भयो ।







