पवन खतिवडा ‘म्याकुरी’कमेडियन तथा हास्य कलाकार र उनकी श्रीमती सुम्निमा खालिङबीचको विवाद यतिबेला सामाजिक सञ्जालमा भरिभराउ भएको छ ।
पवन माथी सुम्निमाले आफू हुँदाहुँदै अन्य केटीलाई गर्भवती बनाएको समेत आरोप लगाएकी छन् ।
भिडियो अन्तर्वार्तामा पवनले आफूलाई अलपत्र पारेको बताएकी छन् । उनले भनेकि छन्, “मेरो बारेमा त्यस्तो केही छ भने बाहिर ल्याउनु पर्यो । म हुँदा हुँदै एकटि केटीलाई गर्भवती बनाएको भिडियो बाहिर आएको छ । त्यो के सत्य हो ? अब अदालत जानु अघि मलाई यसको विषयमा क्लियर चाहियो ।” सुम्निमा
सुम्निमाले यो विवाद प्रहरीमा पनि पुगेर सहमति समेत भएको बताएकी छन् । प्रहरीमा एक अर्कालाई मानसिक तनाव नदिने र आफ्नो पीडा बाहिर ल्याउन पाउने सहमति भएको उनको दाबी छ ।
यता कमेडियन पवन खतिवडाले भने सामाजिक सञ्जालमार्फत सुम्निमाको कुराको सत्य अर्कै रहेको बताएका छन् । यो अदालती कुरा भएको र त्यसमा आफूहरुको सहमति भएको पवनको भनाई छ । उनले यो पर्सनल कुरा मिडियाबाजी गर्ने आफ्नो सोच नभएको तर उताबाट मिडियाबाजी भएको बताएका छन् ।
खतिवडा एक वर्षदेखि सुम्निमासँग नभएको बताएका छन् । उनले सुम्निमा र शर्मिला वाइवो लगायतले आफूलाई कुटपिट गरेको बताएका छन् । सार्वजनिक भिडियोमा देखिएका पवनको अनुहार र नाकमा चोट लागेको देखिएको छ । उनले को पीडामा परेको छ भन्ने कुरा न्यायालयले छिनोफानो गर्ने बताएका छन् ।







