• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, असार ०६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व


  •    संवाददाता/ शनिबार, फागुन ०५, २०८०  

  • १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राख्नुभएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा शनिबार भएको खुल्ल म्याराथनमा केन्याली धावकहरुले बर्चश्व राख्नुभएको हो। म्याराथन खुल्लातर्फ पहिलो हुनुभएको केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गर्नुभयो ।केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डमा दुरि पार गर्नुभइ दोश्रो हुनुभएको हो ।

    केन्याली धावक इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दुरी पार गर्नुभइ तेस्रो हुनुभएको छ। नेपाली धावक किरण सिंह बोगटीले चौथो स्थान हासिल गर्नुभएको छ। उहाले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गर्नुभएको हो । खुल्ला म्याराथनतर्फ पहिलो हुनुभएको जुलियासले नगद रु ५ लाख, दोश्रो हुनुभएको इसाक किहाराले नगद ३ लाख, तेश्रो हुनुभएको इडविनले नगद २ लाख र चौथो हुनुभएको किरण बोगोटीले ३० हजार नगद हात पार्नुभएको छ ।त्यसैगरि गण्डकी प्रदेशतर्फ सफल लामा, देव प्रसाद जलारी र मनोज अधिकारी क्रमश पहिलो, दोश्रो र तेश्रो हुनुभएको छ ।

    महिला २१ किमितर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गर्नुभएको छ । उहाले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्नुहुदै नगद रु १ लाख ५० हजार प्राप्त गर्नुभयो। २१ किमि महिलातर्फ केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्नुहुदै, दोश्रो हुनुहुने राममायाँ बुढाले १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्नुभएको थियो । त्यसै गरि तेश्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गर्नुभएको फुलमती राना चौथो हुनुभयो । यस्तै पुरुष १० किमि दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गर्नुभइ टंक बहादुर कार्की पहिलो, सुवास कार्की दोश्रो हुँनुहुदा ३२ मिनेट ३७ सेकेण्ड र तेश्रो हुनुभएको सन्जिब नेपालीले ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गर्नुभएको थियो।  महिला १० किमि दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गर्नुहुदै आशा रावत पहिलो हुनुहुदा ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गर्नुभएको सिमा चौधरी दोश्रो र ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्नुहुदै नम्रता गुरुङ तेश्रो हुनुभयो ।

    ५ कि मि छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोश्रो र इश्वर ढकाल तेश्रो हुनुभएको छ भने, छात्रातर्फ नारायणी भण्डारी पहिलो, गिता श्रेष्ठ दोश्रो र एन्जीला जिटी तेश्रो हुनुभयो। ५ किमि भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही,  निम बहादुर थापा क्रमश पहिलो, दोश्रो र तेश्रो हुनुभएको छ भने, महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पगेनी क्रमश पहिलो, दोश्रो र तेश्रो हुनुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.