• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

‘इन्द्रेणी’ चलाउँदै समाजसेवा भन्दै पैसा उठाउने कृष्ण कँडेलको धन्दा हो: गायिका शर्मिला श्रेष्ठ

"‘इन्द्रेणी’ चलाउँदै समाजसेवा भन्दै पैसा उठाउने कृष्ण कँडेलको धन्दा हो: गायिका शर्मिला श्रेष्ठ "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, फागुन ०४, २०८०  

  • लोक तथा दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ चलाउँदै समाजसेवा भन्दै पैसा उठाउने कृष्ण कँडेलको धन्दा  हो ।

    उकेराले डट कम  लेखेको छ – लामै समय भयो उनले कार्यक्रमको आवरणमा यस्तो धन्दा चलाएको। इन्द्रेणी कार्यक्रम लिएर स्टेज, स्वदेश अनि विदेशबाट समेत रकम सङ्कलन गर्छन् उनी। तर त्यसरी उठेको पैसा उनले कहाँ खर्च गरे कहिल्यै पारदर्शीरुपमा हिसाब सार्वजनिक गर्दैनन्।

    टेलिभिजनमा लोकदोहोरी कार्यक्रम हुँदै युट्युबमा कार्यक्रम चलाउने उनले आफूलाई समाजसेवीको आवरणमा ढाल्दै गए। पीडामा परेकाहरूको उद्धारक झैँ बने। तर अहिले आएर उनकै इन्द्रेणी समूहका सदस्यहरू कँडेलले अन्याय गरे भन्दै सामाजिक सञ्जालमा लाइभमा आएर रुँदैछन्।

    केहीले कँणेलको राणा शैलीको निरङ्कुश व्यवहारबारे बोले, केही मानसिक यातना पाएको भन्दै रोए। केहीले इन्द्रेणीका लागि मादल बजाउँदा हातमा परेका ढेला देखाउँदै सोधे’ किन यस्तो अन्याय गरेको?’

    शर्मिला श्रेष्ठ, खगेन्द्र विश्वकर्मा, पूर्ण प्रसाद कँडेल, लक्ष्मीप्रसाद घिमिरे लगायतले फेसबुक लाइभबाट इन्द्रेणीका सञ्चालक कँणेलबाट पीडित भएको खुलाए। यीमध्ये खगेन्द्र विश्वकर्माले इन्द्रेणी कार्यक्रममै १२ वर्ष गीत गाएर बिताइसकेका छन् भने शर्मिलाले ६ वर्ष।

    इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँचजना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका छन् ।

    नेपाल प्रेसले थप लेखेको छ – उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताए । पूर्ण कँडेल र लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपातसमेत भएको दाबी गरे । यद्यपि, उनीहरूले के कति कारणले विवाद भएको हो र किन उनीहरूलाई निकालियो भन्ने स्पष्टरूपमा बताएनन् । आगामी दिनमा थप तथ्यहरू बाहिर ल्याउने उनीहरूको भनाइ थियो ।

    लाइभमा बताइएअनुसार पाँचजनालाई बोलाएको बेलामा मात्रै आउने भनेर कागजमा सही गर्न लगाइएको थियो । आर्थिक कारणले तलवमा राख्न नसक्ने भनेर कँडेलले बताएका छन् । तर, कार्यक्रम नियमित सुटिङ हुँदा पनि नबोलाएर आफूहरूलाई अघोषित निष्कासन गरिएको कलाकारहरूले बताए ।

    लाइभ आएकाहरूमा शर्मिलासहित खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत छन् । कँडेल र घिमिरे सञ्चालक कृष्ण कँडेलका नातेदारसमेत हुन् ।

    इन्द्रेणीमा नियमित देखिने गरेकी शर्मिला श्रेष्ठ लाइभमै रोएकी थिइन् । आफ्नो बुवाआमाले कृष्ण कँडेललाई भगवान् मान्ने तर आफूलाई उनैले अन्यायमा पारेको श्रेष्ठले बताइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.