• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जीवित पतिलाई मरेको भनी मृत्युदर्ता प्रमाणपत्रका आधारमा अदालतले रामेछापकी निर्मला खत्री र वडा सचिव दोषी ठहर

"जीवित पतिलाई मरेको भनी मृत्युदर्ता प्रमाणपत्रका आधारमा अदालतले रामेछापकी निर्मला खत्री र वडा सचिव दोषी ठहर  "

  •    अभियान हाम्रो डट कम / बुधबार, फागुन ०२, २०८०  

  • विशेष अदालतले रामेछापकी निर्मला खत्रीलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरेको हो । आवश्यक प्रमाण नै नबुझी मृत्युदर्ता प्रमाणपत्र बनाई भत्ता दिएको आरोपमा रामेछापको मन्थली नगरपालिका–३ का वडा सचिव शिवकुमार महतो पनि दोषी ठहर भएका छन् ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई पनि ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

    अख्तियारमा उजुरी दर्ता हुँदा ‘आफू जीवितै छँदा श्रीमतीलाई एकल महिला भत्ता खुवाएको’ भनी उजुरी परेको थियो । पछि छानबिन हुँदा निर्मला खत्रीले जीवित श्रीमानको मृत्यु भएको भनी मृत्युदर्ताको निवेदन दिएको खुल्यो ।

    त्यसक्रममा वडा सचिव महतोले मिलेमतो गरी मृत्युदर्ता प्रमाणपत्र दिएको खुल्यो । अख्तियारले मृतक भनिएका व्यक्तिका बारेमा भने केही उल्लेख गरेन । तर अरु दुई जनालाई मुद्दा चलायो ।

    मृत्युदर्ता प्रमाणपत्रका आधारमा उनले ४५ हजार २२० रुपैयाँ रकम भुक्तानी लिइसकेकी थिइन् । अख्तियारले वडा सचिवलाई योजनाकार र भत्ता लिने महिलालाई मतियारको रुपमा अदालतमा पेश गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.