• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा जारी


  •    संवाददाता/ शनिबार, माघ २७, २०८०  

  •  पौष २९ गते सुरु भएको नगरसभा पोखरा सभागृहमा शुक्रबार पुनः बसेको हो । शुक्रबारको सभामा विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गरिएका छन् । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेले भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो ।
    यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटले सार्वजनिक लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको छ । महानगरपालिकाको आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्न गठित समितिले समेत आफ्नो प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेको छ । समितिका संयोजक समेत रहेका वडा नं.४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले समितिको प्रतिवेदन छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको हो । आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्नका लागि २९ पौषको सभाले अध्यक्ष पराजुलीको संयोजकत्वमा १३ सदस्यीय विशेष समिति गठन गरेको थियो ।
    आर्थिक ऐनमा भएका व्यवस्थाका सम्बन्धमा समितिले विभिन्न सरोकारवाला निकाय तथा विज्ञहरू समेतसँग छलफल गरी तयार गरेको प्रतिवेदन बिहीबार कार्यपालिकाबाट पास गरी शुक्रबार आवश्यक सुझाव सहित अनुमोदनका लागि नगरसभामा पेस गरेको हो । यसको टुङ्गो भने २८ गते आइतबार बस्ने नगरसभाको अर्को बैठकले लगाउने सभाका अध्यक्ष एवं नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार सभामा पेस भएका विधेयक तथा प्रतिवेदन माथि आइतबार गहन छलफल हुनेछ ।
    विधायन समितिको तर्फबाट पेस गरिएका विधेयकहरू, न्यायिक समितिको प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन, आर्थिक ऐन अध्ययन विशेष समितिले पेस गरेको प्रतिवेदन माथि छलफलका लागि ४४ जना नगरसभा सदस्यहरूले नाम टिपाएका छन् । उनीहरूले आइतबारको बैठकमा आ–आफ्नो धारणा राख्नेछन् । शुक्रबारको बैठकमा दलका नेताहरू नेपाली काँग्रेसको तर्फबाट दलका नेता दिवसमान प्रधानाङ्ग र नेकपा एमालेको तर्फबाट दलकी नेतृ राधिका कुमारी शाही योगीले भनाइ राख्नु भएको छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.