अल्चना श्रेष्ठ पोखरा
कार्तिक १३
अनुकुल कृषि सहकारी संस्था लि.को पाचौं बार्षिक साधारणसभा सिर्जना चोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा सम्पन्न भएको छ । जिल्ला सहकारि संघ कास्की को अध्यक्ष सावित्री कोइरालाले स्थानीय तथा सेयर सदस्यलाई अनुभुति हुने गरि सहकारी संचालन हुनु पर्ने बताईन ।
कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा बिशेस अथिति दुर्गा प्रसाद सुबेदी समृद्धिका लागि सहकारी योगदान महत्त्वपूर्ण रहेको बताए । तेस्तै प्रमुख अथिति सावित्रा कोइराला बिशेस अथिति दुर्गा प्रसाद सुबेदी र अथिति दिल कुमार श्रेष्ठ लाइ मायाको चिनो प्रदान गर्नुको साथै सल्हाकार कविराज बराल को आज जन्म दिन परेकोले केक काटेर शियर सदस्य हरुमा आफ्नो जन्म दिन पनि मनाए । सहकारीका अध्यक्ष नरेन्द्र कार्किकोअध्यक्ष्ातामा आयोजित साधारणसभाको संचालन सचिव नबराज अधिकारिले गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अनिल सुबेदीले गरेको थिए। साधारणसभाले अध्यक्ष सचीव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारणसभाको अवसरमा सहकारीका उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरु सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारी सम्मान नर बहादुर खाती लाई मायाको चिनो तथा नगदले सम्मानित गरिएको हो । तेस्तै रिक्त रहेको लेखा समितिको सदस्यमा डोल राज श्रेष्ठ लाइ नीउक्ति गरे ।
कार्यक्रमको झलकहरु











