१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिद लखन गाउँपालिका– ६ ज्यामीस्वाराका ५५ वर्षीय मिन बहादुर थापालाई प्रहरीले माघ २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई माघ १९ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले माघ २१ गते दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।
आरोपित विरुद्ध माघ २२ गते बलात्कार कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धानका लागि म्याद थप अनुमति लिइएको प्रहरी इन्सपेक्टर शेखर खनालले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते गोरखा अस्पतालमा गरिएको छ ।








