• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

५ वर्षपछि सरकारले फेरि खोल्दैछ ‘हाइप्रोफाइल मर्डर’ को फाइल

"५ वर्षपछि सरकारले फेरि खोल्दैछ ‘हाइप्रोफाइल मर्डर’ को फाइल "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, माघ १९, २०८०  

  • थापाथलीमा भएको पूर्वराजदूत केशवराज झा हत्याको फाइल प्रहरीले पाँच वर्षपछि फेरि खोलेको छ ।

    हत्या आरोपमा पक्राउ गरिएका भान्छे सानुकान्छा तामाङलाई जिल्ला अदालत, काठमाडौं र उच्च अदालत पाटनले सफाइ दिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले यो प्रकरणको अनुसन्धान फेरि थालेको हो ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीले प्रहरीले पुरानो फाइल अध्ययन गरिरहेको अनलाइनखबरसँग बताए । उनले भने, ‘अदालतबाट आरोपीले सफाइ पाएपछि फेरि पुरानो फाइलको अध्ययन थालेका छौं ।’

    थापाथलीस्थित घरमा ४ भदौ २०७५ मा झा आफ्नो कोठामा मृत अवस्थामा फेला परेका थिए । त्यसबेला प्रहरीले भान्छे सानुकान्छा र दुई जना मालीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । तर, प्रमाण फेला नपरेको भन्दै तिनै जना धरौटीमा छुटेका थिए ।

    प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले एक वर्षपछि फेरि सानुकान्छालाई पक्राउ गरेको थियो । झाकी छोरी राजश्रीले सानुकान्छाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई ३१ साउन २०७६ मा पक्राउ गरेर फेरि अनुसन्धान गरेको थियो ।

    त्यसबेला प्रहरीले गरेको अनुसन्धानको रायसहितको प्रतिवेदनका आधारमा झालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    तर, जिल्ला अदालत काठमाडौंले २३ चैत २०७७ मा सानुकान्छालाई हत्यामा संलग्न रहेको भन्न सकिने प्रमाणको अभाव रहेको ठहर गर्दै सफाइ दियो । जिल्लाको यो आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत, पाटनमा पुनरावेदन निवेदन गएको थियो ।

    उच्चले पनि जिल्लाकै आदेश सदर गरेको छ । जिल्ला अदालत, काठमाडौंले व्यक्ति हत्या जस्तो गम्भीर फौजदारी कसूरमा ‘शंका र अनुमान’का भरमा तामाङलाई दोषी ठहर गर्न फौजदारी न्यायको सिद्धान्तबाट मिल्ने नदेखिएको भनेको छ ।

    झाको घर आसपासको सीसी क्यामरा फुटेजको विश्लेषण गर्दा नयाँ व्यक्तिहरु नदेखिएको समेत प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ । पोलिग्राफ जाँचमा समेत सानुकान्छाले झुट बोलेको देखिएको थियो

    ‘कर्तव्य गर्ने व्यक्तिको पहिचान एक वर्षसम्म हुन नसकेको र यी प्रतिवादीबाहेक अन्य व्यक्ति मृतकको घरमा प्रवेश गर्न सक्ने अवस्था नै नरहेको भन्ने आधारमा शंका र अनुमान गरी ज्यान जस्तो गम्भीर फौजदारी कसूरमा दोषी ठहर गर्नु फौजदारी न्यायको मान्य सिद्धान्त समेतबाट मिल्ने देखिएन’, न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले भनेको छ ।

    घटनालगत्तै पक्राउ परेका बेला प्रहरीले उनलाई अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएको थियो । त्यसबेला पोलिग्राफ, नार्को जाँच, सीसी टीभी फुटेज संकलन, छरछिमेकसँग बुझ्ने काम लगायत गर्दा समेत तामाङको घटनामा प्रत्यक्ष संलग्नता भेट्न नसकेका कारण उनी छुटेको प्रहरीको भनाइ छ ।

    एक वर्षपछि मृतककी श्रीमती ज्ञानुले घरको चाबी सानुकान्छासँग मात्र भएको, उनीबाहेक अरु घरमा प्रवेश गर्दा कुकुर भुक्नुपर्ने, मृतकलाई मार्न प्रयोग गरिएको चक्कु पनि उनले नै प्रयोग गर्ने गरेको लगायतका अनुमान व्यक्त गर्दै दिएको जाहेरीका आधारमा मात्र अभियोग दाबी पेश भएको देखिएको भनिएको छ ।

    त्यसमाथि आरोपी तामाङले सुरुदेखि नै अनुसन्धान अधिकृतसँग बयान गर्दा अभियोग इन्कार गरेको र घटनास्थलबाट संकलित भौतिक सबुत प्रमाणबाट पनि झा हत्यामा तामाङको प्रत्यक्ष संलग्नता नदेखिएको भनिएको छ । ‘हत्यालगत्तै मौकाको कागज गर्दा तामाङमाथि शंका गरेको देखिन्न’, अदालतले भनेको छ ।

    साभार अनलाइन खबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.